सिम रायोले जिविकोपार्जनमा सघाउँदै (फोटो फिचर)

डिसी नेपाल
९ चैत २०७८ ११:४६
356
Shares

काठमाडौं । मोरङको पथरी सडकखण्डमा एउटी बुढी आमा सिम रायो लानुस् भन्दै कराइरहेकी थिइन्। हामी एकछिन् अड्एिर सोध्यौं । आमा कसरी मुठो साग ? उनले भनिन् ५० को दुई मुठा, एउटा लगे ३०।

उनी जस्तै पूर्व पश्चिम राजमार्गको छेउ छेउमा बसेर सिम रायो बेच्नेहरु धेरै महिलाहरु भेटिन्छन्। सागको मुठा बोकेर बाटो हिड्ने, बसमा यात्रा गर्नेहरुलाई सिम साग वा सिम रायो बेच्न ठूलो–ठूलो आवजमा साग लानुस् भन्दै गरेकाहरु भट्न सकिन्छ।

गाउँघर तिर यसलाई सिम साग, सिम रायो अथवा गाउँ खोले साग पनि भन्ने गर्दछन् । यो ओसिलो सिम क्षेत्र वा खोला र पानीको मूल छेउ छाउ पाइने एक प्रकारको साग हो। यो सागमा क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, फाइबर, क्याल्सियम, फ्याट, म्याग्निज, मिनारल्स तथा एन्टी अक्सिडेन्ट रहेको हुन्छ । धेरै जसो ठाउँहरुमा यो साग खाइन्छ भन्ने थाहा हुँदैन । तर आजकाल यो सागको लोकप्रियता निकै बढेको छ। यो सागको स्वाद मन पराउनेहरु प्रस्त भटिन्छ ।

भिडियोको link:

पछिल्लो समय किसानहरुले यो सागको खेती नै गर्ने गरेको पाइन्छ । मोरङको पथरी शनिश्चिरे नगरपालिकाको चिसाङ खोलामा त्यहाँका किसनहरुले यो सिम सागको खेती नै गर्ने गरेका छन्।

अहिले त्यहाँका किसानहरुको जिवीकोपार्जन नै यही साग बनेको छ। त्यहाँ व्यवसायीक रुपमा नै खोलामा सिम सागको खेती गरेका छन्। त्यहाँबाट व्यापारीहरुले साग खरिद गरि विभिन्न बजार जस्तै विराटनगर, सुनसरी, काठमाडौंसम्म पनि पुर्याउने गर्दछन्।

कतिपय किसानले आफै पनि सडकमा बसेर सिम साग बेच्ने गर्दछन्। उनीहरुले यसरी दिनको एक हजार देखि १५ सयसम्म साग बेच्ने गरेको साग बेचिरहेकी एक महिला बताउँछिन् । यही साग बेचेर दैनिक गुजार गरिहेको समेत उनले बताइन्।

पूर्व पश्चिम राजमार्गमा पथरी भएर हिड्नेहरु यहाँबाट सिम रायो लाने गर्दछन्। पछिल्लो समय पथरी आसपासका क्षेत्रहरुमा सिम सागको व्यापार निक्कै बढ्न थालेछ।

हेर्नुहोस् तस्विरमा :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *