अस्ट्रेलियन ओपन च्याम्पियन एश्ले बार्टीले २५ वर्षकै उमेरमा सन्यास लिइन्
काठमाडौं। विश्वकी नम्बर १ बरियताकी टेनिस खेलाडी एश्ले बार्टीले खेल जगतका सबैलाई आश्चर्यमा पार्दै २५ वर्षको उमेरमै खेलबाट सन्यास लिएकी छिन् । ४४ वर्षपछि आफ्नो जमिनमा अस्ट्रेलियन ओपन जित्ने खेलाडी एश्ले बार्टीले सन्यासको घोषणा गर्दै भनिन् ‘मैले टेनिसबाट सन्यास लिँदैछु । यसको घोषणा गर्नु मेरो लागि कठिन र भावनात्मक पल हो ।’
आफ्नी मित्र र डबल्समा आफ्नी पार्टनर रहेकी केसी डेलाक्वाको साथमा इन्स्टाग्राममा पोस्ट गरिएको एक भिडियो सन्देशमा एश्लेले भनेकी छिन् ‘खेलबाट मैले जे पाएँ त्यसको लागि आभारी छु । यसले मेरा सपना पूरा गरेको छ । तर मेरो लागि यही सही समय हो कि अब मैले मेरो र्याकेटलाई थन्क्याउँ र आफ्ना अरु सपना पूरा गरुँ ।’
एश्ले बार्टी २ वर्षदेखि १ नम्बर बरियताकी खेलाडीको रुपमा कायम छिन् । उनले २०१९ मा फ्रेन्च ओपन, २०२१ र विम्बल्डन र यही वर्ष अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । फ्रेन्च ओपन उनको पहिलो ग्राण्ड स्लाम थियो ।







डिसी नेपाल







Facebook Comment