अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघको वार्षिक कार्यक्रम चैत १४ मा

डिसी नेपाल
९ चैत २०७८ १३:२६
8
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघको वार्षिक कार्यक्रम चैत १४ गते हुने भएको छ। ८१ वटा राष्ट्रहरू सम्मिलित युवा प्रजातान्त्रिक संघको उक्त कार्यक्रमलाई राप्रपा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने छन्।

कार्यक्रममा नेपालको वर्तमान राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय कूटनीतिका विषयमा छलफल हुने बताइएको छ।कार्यक्रममा भारतीय जनता पार्टीका शौरभ चौधरी, जर्मनी सिडियु पार्टीका माइकल डस्ट, बेलायत कन्जरभेटिभ पार्टीका एमपी निकोला रिचार्ड, अष्ट्रेलियाको लिबरल पार्टीका जोश मनुओट लगायत ३५ देशका प्रतिनिधि सहभागी बताइएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *