पल शाहलाई थुनामा पठाउने आदेश, म्यानेजर जोशी धरौटीमा रिहा
काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नायक पूर्ण विक्रम शाह (पल शाह)लाई तनहु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहिबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। पल शाहका म्यानेजर कृष्ण जोशी भने एक लाख धरौटीमा रिहा भएका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment