पूर्व-पश्चिम राजमार्गमा यात्राको साथी पोलेको मकै (फोटोफिचर)

डिसी नेपाल
११ चैत २०७८ १२:२६
248
Shares

काठमाडौं ।  मोरङको कानेपोखरीदेखि पश्चिम तर्फ जाँदै गर्दा भाउन्ने पुग्नै लाग्दा हाइवेमा हिँड्नेहरुलाई मकैको बासनाले लोभ्याउने गर्दछ। हाइवेको दक्षिणपट्टिको किनारमा स्थानीयहरुले आफ्नै बारीमा फलाएको हरियो मैक पोलेर बेच्ने गर्दछन्।

त्यो बाटो भएर हिँड्नेहरु पोलेको मकैसँग नुन-खुर्सानीसँग खानुको माज्जा लिन यहाँ रोकिने गर्दछन्।  मकैको स्वादले लोभाएर यहाँबाट झोला भरि मकै किनेर पनि लाने गर्दछन्। साथै त्यहाँ हरियो मकै, साग, तरुल लगायतका कुराहरु बिक्री गर्ने गर्दछन्।

नपोलेको हरियो मकै प्रति गोटा सय रुपैयाँका दरले बिक्री गर्ने गर्दछन्  भने पोलेको मकै प्रतिगोटा २५ रुपैयाँका दरले बिक्री गर्दछन्।  दैनिक १५ सयदेखि दुई हजारसम्मको मैक बेच्ने गरेको एक मैक व्यापारी किसान बताउँछन्।

‘हाम्रो आय स्रोतको अरु केही बाटो छैन, बारीमा जे फल्छ त्यही ल्याउँछौ बेच्छौं।’ आफ्नै बारीमा उब्जाएकोमकै, तरकारी बेचेर नुन- तेल खान पुगेको मकै पोल्दै गरेकी एक महिला बताउँछिन्।

हेर्नुहोस् तस्बिर:

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *