राज्य सांसद भण्डारीको पहलमा बानालाई दुई लाख ५० हजार डलर

डिसी नेपाल
११ चैत २०७८ १७:५७
80
Shares

मेरिल्याण्ड । बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका (बाना)ले विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर सहयोग पाएको छ।

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था बानाका लागि मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले सन् २०१९ मा संसदमा बिल पेश गरेका थिए ।

मार्च २४ तारिखमा बाल्टिमोर काउन्टीले चालु खर्चबाटै म्याचिङ फण्ड बानाको खातामा जम्मा गरिदिएको छ । सहयोगमध्ये एक लाख २५ हजार बाना बिल बण्डका रूपमा राज्यका तर्फबाट र एक लाख २५ हजार म्याचिङ फण्डका रूपमा बाल्टिमोर काउन्टीका तर्फबाट प्राप्त भएको हो।

समुदायका लागि चालु खर्चबाटै म्याचिङ फण्ड उपलब्ध हुनु आफैंमा मानक उपलब्धी भएको भण्डारीले बताएका छन् । यस्तो उपलब्धी नेपालीका लागि पहिलो हो भने अमेरिकाका अन्य समुदायका लागि पनि सम्भवत पहिलो भएको उनले जनाएका छन् । यो रकम सन् २०२७ भित्र प्रयोग गरिसक्ने पनि उनले जनाएका छन् ।

मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक मात्र सदस्य भएकाले यो अभियानको प्रारम्भ गर्ने र यसलाई तार्किक निष्कर्षमा पुर्‍याउने आधिकारिक व्यक्तिका रूपमा यो सुखद् खबर सार्वजनिक गर्न पाउँदा आफू निकै खुशी भएको भण्डारीले बताएका छन् ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *