शृंखला खतिवडाको उधेश्य : नेपालको पहिलो महिला प्रधानमन्त्री
दरबारमार्ग स्थित पाँचतारे होटल अन्नपूर्णको खचाखच वातावरणबीच शृंखला खतिवडासँग सोधियो, ‘अबको यात्रा के हुन्छ ?’ ‘देशकै पहिलो प्रधानमन्त्री बन्ने लक्ष्य छ’, चीनको सान्यामा १०९ सुन्दरीलाई पछि पार्दै ‘विश्व सुन्दरी’को १०औं स्थान ओगटेकी श्रृंखला खुल्न थालिन, ‘त्यो त राजनीति मेरो उद्देश्य होइन, यसमा आउने रहर इच्छा दुवै छन् ।’
राजनीतिक पृष्ठभूमिमा हुर्किएकी शृंखलाभित्र ‘विश्व सुन्दरी’को ताज मुलुक भित्र्याउने बलियो आशा थियो । ‘तर दुर्भाग्यवश त्यो सपना पूरा हुन सकेन’, पेशाले आर्टिटेक्ट इन्जिनियर’ शृंखला बुधबार स्वदेश फर्किएकी हुन् ।
‘ताज ल्याउने आत्मविश्वासले दशभित्र अटाएँ तर प्रधानमन्त्री बन्ने सदावहार उमंगबाट हार खाएकी छैन् । त्यो म बनेरै छाड्छु’ विहीबारको रेष्टपछि शुक्रबार पत्रकारमाझ झुल्केकी शृंखलाले अभिनयबारे पनि स्पष्ट सुनाइन्, ‘त्यो क्षेत्रमा लाग्ने कुनै योजना छैन ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment