रुपन्देही सुपरलिगको उपाधि चौथो पटक एमसीसीलाई
भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि मेलवर्न क्रिकेट क्लब ९एमसीसी०ले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बुद्ध क्रिकेट क्लबलाई नौ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ८ ओभरमा सबै विकेट गुमाउँदै २८ रन बनाएको थियो । जसका लागि अजय त्रिपाठीले १० रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । वलिङतर्फ सस्तैमा रोक्न एमसीसीका रुपेश कुर्मीले ६, सन्तोस यादवले ३ र शिव कुमार मौर्यले ४ विकेट लिए ।
जवाफी ब्याटिङमा २९ रनको झिनो लक्ष्य पाएको एमसीसीले ७ ओभरमा सहजै लक्ष्य पार गर्यो । एक विकेटको क्षतिमा २९ रन बनाउँदै ९ विकेटले जित निकाल्यो । जसका लागि सुशान्त थापाले अविजित १५, विजय प्रजापतिले अविजित ८ र शेहजाद आलमले दुई रन बनाए । बलिङमा बुद्धका विपिन खत्रीले एक विकेट लिए । फाइनल खेलमा रमेश कुर्मी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
एमसीसीले चौथौ पटक उपाधि जित्न सफल भएको छ । च्याम्पियन एमसीसीले ८० हजार नगद, उप विजेता बुद्ध क्रिकेट क्लब ४० हजार नगदसहित र ट्रफी प्राप्त गरेका छन । उनीहरूलाई सिद्धर्थनगर नगरप्रमुख हरिप्रसाद अधिकारीले पुरस्कृत गरेका छन् ।
यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडी (म्यान अफ द सिरीज) र वेष्ट वलरबाट एमसीसीका क्यापटेन रोशनलाल गुप्ता पुरस्कृत भए । उनले क्रमशः नगद १५ हजार र ५ हजारसहित ट्रफीले पुरस्कृत भए । त्यस्तै वेष्ट ब्याट्स म्यान र उदयमान खेलाडीबाट विजय प्रजापति नगद ५–५ हजार र ट्रफीले पुरस्कृत भए ।
नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हुँदै आएको छ । फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगितामा यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस् भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणमा राउण्ड रोबिन लिग खेलाइएको थियो
No ads found for this position

डिसी नेपाल
Facebook Comment