गिरिजाप्रसाद कोइराला राष्ट्रिय हक्कीको उपाधि नेपाली सेनालाई
मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ ।
नेपाल हक्की सङ्घद्वारा विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न फाइनल खेलमा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशलाई ७–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको म्यान अफ द म्याच सेनाका सुमितकुमार कामी घोषित भए।
आजै तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५–० गोलअन्तरले पराजित गरेको छ । प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश नं १, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता नेपाली सेनालाई नगद रु ७५ हजार र उपविजेता सुदूरपश्चिम प्रदेशलाई रु ४१ हजार र तेस्रो हुने गण्डकी प्रदेशलाई रु २१ हजार पुरस्कार प्रदान गरियो ।
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल हक्की सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घमा प्रदेश वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, नेपाल हक्की सङ्घ मोरङका अध्यक्ष राजेश गुप्तालागयतले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment