स्थानीय निर्वाचन: मट्टीहानी नगरपालिका प्रमुखमा फेरि दुई पत्रकारको चर्चा

डिसी नेपाल
१४ चैत २०७८ १२:४५
104
Shares

महोत्तरी। महोत्तरीको मट्टीहानी नगरपालिका प्रमुखमा दुई पत्रकारकाे चर्चा चलेको छ। बहालवाला नगर प्रमुख तथा पत्रकार महासंघ महोत्तरीका पूर्वसभापति हरिप्रसाद मण्डल र अहिलेका सभापति कमलेश मण्डलबीच प्रमुखमा चर्चा चलेकाे हाे।

अघिल्लो निर्वाचनमा तत्कालीन राजपाबाट नगर प्रमुख जितेका हरिप्रसाद अहिले लोसपामा छन्। बहालवाला पत्रकार माहासंघ महोत्तरीका सभापति कमलेश कांग्रेस निकट मानिन्छन्। नगर प्रमुख हरिप्रसादले पार्टीले टिकट दिए दोहोरिने संकेत गरेका छन् भने पत्रकार कमलेश मण्डल कांग्रेसबाट टिकट पाउने आशमा छन्।

मण्डलद्वयको जनस्तरमा आफ्नै लोकप्रियता छ। मट्टीहानी नगरपालिकाको सामाजिक, सांस्कृतिक र भौतिक विकासमा नगर प्रमुखको भूमिका महत्वपूर्ण भएको हुनाले पनि लोसपाले फेरि एकपटक नगर प्रमुख हरिप्रसाद मण्डललाई नै टिकट दिने सम्भावना बढी छ।

नगर प्रमुख हरिप्रसाद मण्डल दोहोरिने नदाेहाेरिने पार्टीले निर्णय लिने बताउँछन्। उनी अहिले टिकटभन्दा पनि विकासका कार्यमा सक्रिय भइरहेको बताउँछन्। कमलेश मण्डलले भने आफू नगर प्रमुखको अकांक्षी भएको बताउँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *