माधव नेपाल टर्की प्रस्थान
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकरामा आयोजना हुने इको क्लाईमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल टर्की प्रस्थान गरेका हुन्।
मार्च २९-३१ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुनका लागि आइतवार राति १० बजे टर्कीतर्फ प्रस्थान गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। नेपालको १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment