सशस्त्र युद्ध घोषणाको एक महिनामा बम विस्फोट

डिसी नेपाल
१५ चैत २०७८ १०:५४
628
Shares

काठमाडौं। सुनसरीको इटहरी २ नवजागृति टोलमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। गएराति साढे १० मा सुतली बम विस्फोट २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।

उनीहरुको विराटनगर र धरानमा उपचार भैरहेको छ। थापाको आँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरु आफैले सुतली बम ल्याएको र त्यही बम पड्किएको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यलयका एसपी सन्जयसिंह थापाका अनुसार घटना अनुसन्धान भैरहेकाले यो विषयमा केही बताउन नसकिने बताए।

‘अहिले घाइेतहरुको अस्पतालमा उपचार भैरहेको छ उनीहरुको अवस्था सामान्य रहेकाले स्वास्थ्य उपचारपछि अनुसन्धान हुन्छ,’ हिमाल सुरक्षा परिषद लेखिएको पर्चा पनि भेटिएको छ’, एसपी थापाले भने।

हिमाल सुरक्षा परिषद हालै मात्र सशस्त्र युद्धको घोषणा गरेको संगठन हो। जुन संगठनले गत फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो।

पर्चामा संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *