तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

डिसी नेपाल
१५ चैत २०७८ १३:४०
212
Shares

काठमाडौं। अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन्।

अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए । रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन्।

१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । थुनामा रहेको पाँचौं दिन शाह अदालत पुगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *