जालझेल गरेर अन्य पार्टीले निर्वाचनको परिणाम हात पारे, यसपटक नतिजा सुल्ट्याइनेछः प्रचण्ड

डिसी नेपाल
१५ चैत २०७८ १६:४४
108
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक निर्वाचन परिणाम माओवादीको पक्षमा बढी आउने दाबी गरेका छन् । उनले यसअघि अनेक जालझेल गरेर अन्य पार्टीले निर्वाचनको परिणाम हात पारेको र यसपटक निर्वाचनको नतिजा सुल्ट्याइने बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवाहरूलाई पार्टी प्रवेश गराउँदै देशभर युवाहरूको पार्टीमा आकर्षण बढेकाले निर्वाचन परिणाम माओवादीको पक्षमा पार्न असहज नभएको दाबी गरे ।

उनले माओवादीमा प्रवेश गरेर सचेत युवा वर्गले सही निर्णय लिएको पनि बताए ।

‘तपाईं युवाहरूले सही निर्णय गर्नुभयो । तपाईंहरूलाई बधाई र स्वागत गर्न चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्रको जन्मदाता माओवादी केन्द्र हो । संविधानको रक्षा गर्न, सामाजिक न्यायसहितको समाज बनाउन र देशको समृद्धिसँगै विकास गर्ने पार्टी माओवादी हो । अब यसपटक निर्वाचनको नतिजा हामीले सुल्ट्याउनुपर्छ’, प्रचण्डले मंगलबार भने ।

प्रचण्डले हेलम्बुका प्रभावशाली युवाहरू दिनेश थापा, सञ्जय तामाङ, समीर केसी, निमा लामा, मुस्कान भण्डारी, विकास लामालगायतलाई पार्टी प्रवेश गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.