स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय

डिसी नेपाल
१५ चैत २०७८ १७:५१
28
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

कांग्रेसले केन्द्रीय चुनाव प्रचार प्रसार समितिको संयोजकमा उपसभापति पूर्णबहादुर खड्कालाई तोकिएको बैठकको निर्णय सुनाउदै प्रवक्ता महतले जानकारी दिएका छन् ।

कांग्रेसले आगामी स्थानीय तहमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धनमा जाने नीतिगत निर्णय सर्वसम्मत रुपमा भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए । गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको छ ।

गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ । पार्टीको अनुसासन र संसदीय समिति भने पछि बनाइने भएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि थप छलफल गरेर समिति बनाउने प्रवक्ता महतले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.