वैद्यनाथ धाममा आठौं शिव साधना कार्यक्रम सुरु

डिसी नेपाल
१६ चैत २०७८ ०:३८
20
Shares

अछाम । वैद्यनाथ धाममा आठौं शिव साधना कार्यक्रम आजबाट सुरु भएको छ । परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाको सानिध्यतामा चैत १५ गतेदेखि २० गतेसम्म शिव साधना हुने आयोजकको भनाइ छ । आठौं शिव साधना कार्यक्रममा १०८ ज्योर्तिलिङ्गको प्राण प्रतिष्ठान, सवा करोड दिप प्रज्ज्वलन र महारुद्रीको समेत आयोजना हुने मदन बाबा भक्ति केन्द्रले जानकारी दिएको छ ।

इतिहासमै एकै पटक चार वटा कार्यक्रम सम्भवत वैद्यनाथ क्षेत्रमा हुने केन्द्रले जानकारी दिएको छ । साधनाको क्रममा साधकहरु प्रार्थना, ध्यान, जप, सत्सङगत र योगमा मदनबाबाले सत्मार्गमा लाग्न जीवन उपयोगी प्रवचन दिइरहेका छन् ।

साधनामा पितृहरुको उद्धार एवम् साधक साधिकामा विद्यमान रोग, दोष, विध्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठान सहितको सवा करोड ज्योति प्रज्वलन पनि गरिने मदन वावा भक्ति केन्द्रका कार्यवाहक महासचिव निशा रानाको भनाइ छ । शिविरमा सहभागिताका लागि जुनसुकै धर्म, पेशा, जातजाति, भाषा, संस्कृतिका साथै जनुसुकै उमेरका व्यक्तिहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *