राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइ संवैधानिक इजलासमा

डिसी नेपाल
१६ चैत २०७८ १२:३१
68
Shares

काठमाडौं। दल विभाजन गर्ने प्रावधान खुकुलो बनाउनेगरी गत भदौमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको आज सुनुवाइ हुँदैछ।

अध्यादेशका आधारमा एमाले र जनता समाजवादी पार्टी भने विभाजन भएकै ८ महिना पुगेको छ। तर, बल्ल अध्यादेशविरुद्धको रिटको सुनुुवाइ कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ आज हुँदैछ।

रिट निवेदक अधिवक्ताहरू अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, प्रवेश केसी, श्रीकान्त बराल र दलबहादुर धामी हुन्।

उनीहरूले रिटमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.