छोराको आसमा आठ छोरी

डिसी नेपाल
१६ चैत २०७८ १७:१२

 

मुगु । छाँयानाथ रारा नगरपालिका-१२ का रन्न ऐडी ४६ वर्षका भए । उनी श्रीमती भन्दा ठ्याक्कै तीन वर्ष कान्छा छन् । उनीहरूको विवाह भएको दुई दशकभन्दा बढी भयो । यो बीचमा उनीहरूले आठ सन्तान जन्माएका छन् ।

उनीहरूले रेडियो, टिभीमा बज्ने ुदुई सन्तान ईश्वरका वरदानु भन्ने विज्ञापन नसुनेका पनि होइनन् । थोरै सन्तान भए जीवन सहज हुन्छ भन्ने थाहा नभएको पनि होइन । तर, छिमेकी र समाजले छोरा नभएकोु भनेको सुन्नबाट बच्न उनले आठ छोरी पाइसकेका छन् । उनीहरू अझै पनि छोरा पाउने आशमा छन् ।

सानै उमेरमा विवाह गरेका रन्न अर्को वर्ष बाबु बनिहाले । त्यसयता हरेक डेढ दुई वर्षमा उनी बाबु बनिरहेका छन् । रन्नकी श्रीमती पनि छोराकै आसमा छिन् । छोरा भए बुढेसकालमा सुख पाइने, अर्को जन्म पनि सफल हुने अन्धविश्वास ग्रामिण क्षेत्रमा अझै छ । यही अन्धविश्वाको शिकार बनिरहेका छन रन्न दम्पती ।

वर्षेनि जस्तो परिवारमा खाने मुख र पेट बढ्ने तर आम्दानीको स्रोत जस्ताको तस्तै हुँदा उनीहरू संकटमा छन् । पोषणयुक्त खानपान नहुँदा आमा र छोरीहरू कमजोर छन् । अहिले उनीहरूको साथमा सात छोरी छन् । एउटी छोरी जन्मने बित्तिकै बेतेका उनीहरू बताउँछन् ।

उनीहरूको जेठी छोरी २० बर्षकी भइन भने कान्छी तीन बर्षकी छिन् । जेठी छोरीको विवाहवारी भइ दुई सन्तानसम्म पाइसकेकी छिन । उनले दुई छोरी पाइसकेकी छिन् । उनी पनि अहिले माइतीमै छिन् ।

यी दम्पतिले छोराको आसमा के मात्रै गरेनन ? धार्मिक परम्पराअनुसार देवी, देवता, पूजा, पाठ, ज्योतिषसँग मन्त्र जपाय । छोराकै आसमा दम्पतिले अहिलेसम्म परिवार नियोजनको अस्थायी तथा स्थायी साधन अहिलेसम्म प्रयोग नगरेको रन्न बताए ।

उनले छोरीहरूलाई शिक्षाबाट भने बञ्चित पारेका छैनन । घर नजिकैको विद्यालयमा छोरीहरूलाई पढ्न भने पठाउँछन् । उनको घर चलाउने मुख्य पेशा भेडा ब्यवसाय हो । त्यहि भेँडा पालनबाट घर खर्च र परिवारको लालनपालनमा भइसकेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *