रुसले युक्रेनको पूर्वी भागमा किन चासो राखेको छ ?
काठमाडौं । युक्रेनमा जारी युद्धमा रुसले अहिले पूर्वी युक्रेनको दुई ठूला क्षेत्र विशेषगरी लुहान्स्क र डोनेस्कतर्फ आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । यी दुई क्षेत्रहरू दक्षिणमा मारिउपोल बाहिरबाट युक्रेनको उत्तरी सीमासम्म फैलिएका छन्।
अमेरिकाले डोनबास कब्जा गर्ने प्रयास यहाँको द्वन्द्व लम्बिने संकेत हो भनी बताएको छ। रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका साम क्र्यानी इभान्स भन्छन्, “रूसले यस क्षेत्रलाई रुसी भाषा बोल्ने ठाउँको रूपमा पहिचान गर्छ, यसले यी क्षेत्रहरूलाई कम युक्रेनी र बढी रुसी मान्दछ।”
रोचन कन्सल्टिङका प्रमुख र रक्षा विशेषज्ञ कोनराड मुजिका भन्छन् कि यी क्षेत्रहरूमा रूसी बोल्नेहरूको संख्या धेरै भए पनि यी क्षेत्रहरू अब रुसी समर्थक छैनन्। “मरियुपोललाई युक्रेनमा रुसी समर्थकहरूको गढ मानिन्थ्यो,” उनी भन्छन्।
देशको पूर्वी भागमा रुसी सेनाको भीषण आक्रमणका कारण यहाँ एक किसिमको मानवीय संकट उत्पन्न भएको छ, लगातारको गोलाबारीका कारण पुरै सहर भग्नावशेषमा परिणत भएको छ तर उसले अहिलेसम्म युक्रेनी सेनालाई हराउन सकेको छैन ।
रुसको अर्को लक्ष्य दक्षिणतर्फ सर्ने र स्लोभान्स्क सहर कब्जा गर्ने हो। १ लाख २५ हजार को जनसंख्या भएको शहर, २०१४ मा रुस समर्थक विद्रोहीहरूले कब्जा गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment