२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन सत्तारुढ गठबन्धनको निर्देशन

डिसी नेपाल
२३ चैत २०७८ १८:२६
56
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले चैत २६ गतेसम्म जिल्लाको चुनावी अवस्थाको रिपोर्टिङ गर्न निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको गठबन्धनले यस्तो निर्देशन दिएको हो ।

बालुवाटारमा बुधबार रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको गठबन्धनसम्वद्ध निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले चैत २६ गतेभित्रमा देशैभरबाट रिपोर्टिङ बुझाइसक्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । त्यसपछि अर्को बैठक बस्ने उनले जानकारी दिए ।

‘आजको बैठकमा गठबन्धनको मोडालिटी लगायतका विषयमा केही कुराकानी भएको हो । जिल्ला समितिलाई २६ गतेभित्र विस्तृत रिपोर्ट पठाइसक्न भनेका छौं,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.