निर्वाचनमा कांग्रेसलाई विजय बनाउन एकजुट भएर लागौँः प्रवक्ता डा महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ को आज सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा पार्टीलाई विजयी गराउनका लागि सबै क्रियाशील सदस्यहरु एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा वडा तहबाटै सहमतिको आधारमा उम्मेदवार टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो । कांग्रेसले निर्वाचनका लागि विभिन्न समिति बनाएर आफ्नो काम थालिसकेको प्रवक्ता डा महतले बताए ।
कांग्रेस काठमाडौँ–४ का सभापति रामप्रसाद न्यौपानेले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रका कार्यकर्तालाई भेटघाटमा सहज र प्रचारप्रसारलाई प्रभावकारी बनाउनका लागि सम्पर्क कार्यालय स्थापना गरेको बताए । कांग्रेसले सुरु गरेको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई कांग्रेस काठमाडौँ–४ ले पनि सञ्चालन गर्दै आएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । रासस







डिसी नेपाल








Facebook Comment