कांग्रेस स्थानीय तह प्रचार उपसमितिमा महोत्तरीबाट को-को परे ?

डिसी नेपाल
२४ चैत २०७८ ६:३१
12
Shares

महोत्तरी। नेपाली कांग्रेसले देशैभरीका स्थानीय तह निर्वाचनका लागि केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेको छ। केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा महोत्तरीबाट ३ जना मनोनित भएका छन्।

मनोनित हुनेहरुमा आशाकुमारी यादव, रोशन ठाकुर र मोहन पाण्डे छन्। कांग्रेस स्थानीय तह केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशसरण महतले गोबिन्द भट्टराईको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन्।

२२ चैतमा बसेको समितिको निर्णयअनुसार ७७ वटै जिल्लामा सदस्य रहनेगरी उपसमिति गठन गरिएको कांग्रेसले जनाएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.