के-के गरेर नेपालबाट विदाइ हुँदैछन् भारतीय राजदूत क्वात्रा?

डिसी नेपाल
२४ चैत २०७८ १०:०४
2.0k
Shares

काठमाडौं। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिव नियुक्त भएको विषयले नेपाल र भारतको कुटनीतिक क्षेत्रमा राम्रै तरंग ल्याएको छ।

भारतका लागि अर्थात् भारतका पक्षमा जसले सफल कुटनीतिक कार्य गर्न सफल हुन्छ त्यसले विदेश सचिवको पद पाउने कुरा त्यो देशका लागि अस्वाभाविक होइन।

भारतीय सञ्चारमाध्यमहरुले के के मा सफलता पाए भन्ने कुरा उल्लेख नगरी राजदूत क्वात्राले नेपालमा भारतको पक्षमा उल्लेख्य कुटनीतिक सफलता पाएको कुरा लेखेका छन्। नेपालमा गरेको कामको पुरस्कारस्वरुप क्वात्रा विदेश सचिव हुन सकेका हुन्। आखिर के के गरे त क्वात्राले नेपालमा?

नेपालमा राजदूत भएर आएपछि कुटनीतिक कर्म भन्दा पनि शासक हुन खोज्ने र नेपाल सरकारले त्वमशरणम गरे डिफ्याक्टो शासक नै हुने भारतीय राजदूतको विगतदेखिको परम्परालाई क्वात्राले कम महत्व दिएको देखिन्छ।

हुन त उनका लागि त्यस्तो समयको अनुकुलता पनि कमैमात्र मिल्यो। एमालेका अध्यक्ष केपी ओलीको प्रधानमन्त्रीत्वमा बनेको लगभग दुइतिहाइको शक्तिशाली सरकार भएकाले भारतीय राजदूतका लागि शासनको अवसर कम प्राप्त भयो। त्यसमाथि शासनको शुरु शुरुमा ओलीले लिएको कठोर राष्ट्रवादी नीतिका कारण भारतलाई नेपाल नीतिमा निकै मुस्किल परेको बुझ्न सकिन्थ्यो।

भारतका लागि सबैभन्दा ठूलो तनाव नेपालको संसद थियो किनकि एउटा पार्टीको प्रचण्ड वहुमत पार्टी भारतीय ज्यादतीका विरुद्ध आवाज उठाएर सत्तामा पुगेको थियो। त्यो संसद रहुन्जेलसम्म भारतले चाहेजस्तो नीति बन्ने वा पारित हुने कुनै सम्भावना थिएन।

महाभूकम्पको चपेटामा परेका बेला भारतले भनेवमोजिमको संविधान नबनेको भन्दै नेपालमाथि महिनौंसम्म नाकाबन्दी थोपरेर भारत सरकार र त्यसका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालीमाझ घृणाको पात्र पनि भएका थिए। यही रन्को सेलाउन नपाउँदै नेपालका लागि राजदूत भएर क्वात्रा नेपाल आएका थिए।

नेपालमा भारतको हेपाहा प्रबृत्तिका विरुद्ध एकजुट हुनुपर्छ र भारतका हरेक नेपालविरोधी हेपाहा कामका विरुद्ध चर्को आवाज उठाउनु पर्छ भन्ने मानसिकता नेपालका शासक र जनता दुबैमा भएका बेला तत्कालीन नेकपा हाल नेकपा एमालेका सांसद खगराज अधिकारीले संसद अतिक्रमित नेपाली भूमि कलापानीबाट भारतीय सेना हट्नुपर्छ भन्ने संकल्प प्रस्ताव संसदमा राखेका थिए।

सभामुखमा यौन काण्ड लागेर कृष्णबहादुर महरा हटी उनकै समूहका अग्नि सापकोटा चुनिएका थिए। सभामुख सापकोटाले सांसद अधिकारीको संकल्प प्रस्तावलाई संसदमा प्रस्तुत गर्ने गरी कार्यसूचिमा राखेका थिए।

त्यहीबेला नयाँ राजदूत भएर क्वात्रा नेपाल आएका थिए। उनले कसैलाई दूतावासमा बोलाएर दवाव दिएनन् बरु सरासर तत्कालीन नेकपामा अध्यक्षहरु मध्येका एक पुष्पकमल दाहाल प्रचण्डको निवासमा लुसुक्क पुगे, मिडियाको नजरसमेत छलेर। उनले प्रचण्डलाई आफू बल्ल आएको र नेपाल भारत सम्बन्ध सुधार्न प्रयत्न गर्ने बताएर सो संकल्प प्रस्तावलाई संसदमा पेश नगरिदिन आग्रह गरे।

प्रचण्डले त्यहीबाट सभामुख सापकोटालाई सो प्रस्ताव हटाउन निर्देशन दिए। भोलिपल्टको कार्यसूचिमा परिसकेको भारतीय सेना कालापानीबाट फिर्ता पठाउने संकल्प प्रस्ताव अर्को कार्यसूचि प्रकाशित गरेर विहानै हटाइयो। त्यसपछि सो प्रस्ताव कहिले पनि संसदमा प्रस्तुत नै भएन। यो क्वात्राको पहिलो कुटनीतिक सफलता थियो। ठूलो भारतीय स्वार्थ पूरा भएको थियो ।

(त्यसबेला डिसी नेपालले लेखेको समाचार यहाँ हेर्नुहोस्)

भारतीय सेना कालापानीबाट हटाउनुपर्ने संकल्प प्रस्ताव अन्तिम समयमा किन हटाइयो?

उनीभन्दा अघिका राजदूतहरु सार्वजानिक कार्यक्रममा नेपाल र नेपालीबारे टिप्पणी गर्ने, नेतालाई भेटेर मिडियामा बोल्दै शासकीय शैली देखाउने गर्थे, क्वात्राले त्यो नीति लिएनन्। उनी लुसुलुसु भारतका पक्षमा काम गर्न लागिपरेका देखिए।

शुरुमा भारत सरकारले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई सबक सिकाउने र ओलीविरोधी अभियान मधेशदेखि आफूपक्षधर नेता कार्यकर्ता र दलहरुलाई संचालन गर्न लगाउने नीति लिएको थियो।तर, त्यो नीतिले भारतलाई फाइदा गरेन।

ओलीको नेतृत्वमा उनकै सरकारको प्रस्तावमा कालापानी, लिम्पियाधुरासहित मिचिएको नेपाली भूभागसहितको नेपालको नयाँ नक्सा संसदबाट पारित भयो र संविधान नै संशोधन गरेर सो नक्सा नेपालको संविधानमा राखियो।

यो घटनाले भारतविरोधी राष्ट्रवाद झन् चर्कोरुपमा नेपालमा फैलियो। यसले राजदूतका रुपमा आएका क्वात्रा समस्यामा परेका थिए। उनले ओलीलाई तर्साएर, धम्याएर, सताएर लिइने कुनै पनि नीतिले भारतका लागि फाइदा पुगेन भन्ने ठहर गरे र त्यहीअनुसार ओलीविरोधी नीति त्यागेर ओलीलाई साथमै लिएर भारतविरोधी भावना कम गर्नुपर्ने नीतिको वकालत गरे।

उनकै नीतिलाई मोदी सरकारले सदर गरिदियो र ओलीसँग सम्बन्ध सुधारका लागि आफ्ना विशेष दूतका रुपमा मोदीले भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयललाई विशेष विमानसहित नेपाल पठाएका थिए।

त्यहीबेला नयाँ राजदूत भएर क्वात्रा नेपाल आएका थिए। उनले कसैलाई दूतावासमा बोलाएर दवाव दिएनन् बरु सरासर तत्कालीन नेकपामा अध्यक्षहरु मध्येका एक पुष्पकमल दाहाल प्रचण्डको निवासमा लुसुक्क पुगे, मिडियाको नजरसमेत छलेर। उनले प्रचण्डलाई आफू बल्ल आएको र नेपाल भारत सम्बन्ध सुधार्न प्रयत्न गर्ने बताएर सो संकल्प प्रस्तावलाई संसदमा पेश नगरिदिन आग्रह गरे।

उनी विमानास्थलबाट सोझै बालुवाटार पुगेर राति अवेरसम्म गोप्य वार्ता गरे। सो वार्तामा के भयो भन्ने कुरा नेपाली जनताले अझैसम्म थाहा पाएका छैनन्। तर, त्यसयता नेपालको राजनीतिमा ठूला परिवर्तनहरु भए।

भारतका लागि सबैभन्दा ठूलो तनाव नेपालको संसद थियो किनकि एउटा पार्टीको प्रचण्ड वहुमत पार्टी भारतीय ज्यादतीका विरुद्ध आवाज उठाएर सत्तामा पुगेको थियो। त्यो संसद रहुन्जेलसम्म भारतले चाहेजस्तो नीति बन्ने वा पारित हुने कुनै सम्भावना थिएन।

त्यसैले यो संसदको अन्त्य भारतको एजेण्डा थियो र सो काम तत्कालीन सत्तारुढ दलमा विभाजन नल्याई सम्भव थिएन। तत्कालीन सत्तारुढ दल नेकपा लाई विभाजन गर्न सजिलो थिएन किनकि सो दललाई उत्तरको छिमेकी मुलुक चीनको निकै ठूलो प्रभाव परिसकेको थियो।

चीन र नेपालका दुई सत्तारुढ कम्युनिष्ट पार्टीहरुका पार्टीस्तरका सम्बन्ध पनि घनीभूतरुपमा अघि बढ्न थालेका थिए। नेपालमा बढेको चिनियाँ प्रभाव कम गर्नु सानो चुनौतीको कुरा थिएन।

नेकपामा लाइएको विभाजनसँगै चिनियाँ प्रभावलाई घटाउने रणनीतिमा पनि क्वात्रा सफल भएको देखिए। अनेक तिक्डम लगाएर तर अत्यन्त नदेखिने गरी, महसुस नै नहुने गरी क्वात्राले जुन कुटनीति नेपालमा प्रयोग गरे यसले नेपालका गुमिसेकेको भारतीय प्रभाव फेरि फर्कियो र भारतीय सत्ताको शिरलाई केही उठाइदियो।

याे पनि पढ्नुस्

ओली र भारतीय जासुस गोयलबीच के के कुरा भए ?

कम्युनिष्ट पार्टीलाई टुक्रा टुक्रामा विभाजित गर्न सक्नु र नेपालको सत्तामा आफूले प्रभाव पार्न सक्ने अवस्था आउने कठिन काममा क्वात्राले पाएको सफलताले भारतका प्रधानमन्त्री मोदी निकै प्रभावित भएको बताइन्छ।

यतिमात्रै होइन नेपालविरोधी कुरा बोलेर नेपाल र नेपालीको नजरमा अपाच्य बनिसकेका भारतीय सेनाका स्थल सेनापति मनोजमुुकुन्द नरभणेको नेपाल भ्रमण त्यो पनि विना विरोध गराउन सफल हुनु उनको ठूलो सफलताका रुपमा गणना भएको छ।

नत्र नरभणे त्यस्ता भारतीय सेनापति हुने थिए जसले नेपालको मानार्थ महारथीको दर्जा नपाई विदा हुनुपर्ने थोरै भारतीय सेनापतिमा गणना हुने अवस्थामा थिए। क्वात्राले तत्कालीन नेपालका सेनापति पूर्णचन्द्र थापा र उनको सहयोगी सर्कलसंग निकै सौहार्दपूर्ण सम्बन्ध राखेर नरभणेको सफलतापूर्वक नेपाल भ्रमण गराइदिए।

अझ पछि पछि त औपचारिक कार्यक्रममा एउटा सहसचिवको हैसियतले बनेका राजदूत भए पनि उच्च पदका सेनाका हाकिकको सार्वजानिक कार्यक्रममा सलाम पाउने व्यक्ति पनि उनी बने।

नेकपामा लाइएको विभाजनसँगै चिनियाँ प्रभावलाई घटाउने रणनीतिमा पनि क्वात्रा सफल भएको देखिए। अनेक तिक्डम लगाएर तर अत्यन्त नदेखिने गरी, महसुस नै नहुने गरी क्वात्राले जुन कुटनीति नेपालमा प्रयोग गरे यसले नेपालका गुमिसेकेको भारतीय प्रभाव फेरि फर्कियो र भारतीय सत्ताको शिरलाई केही उठाइदियो।

भारतीय सेनाका वार कलेजका अधिकृतहरु नेपाल आएको बेला सोल्टी होटलमा भारतीय दूतावासद्वारा आयोजित भएको एउटा रात्रिभोजको यो प्रकरण निकै गोप्य राखिएको भए पनि उच्च सैनिक अधिकृतहरुमाझ जिब्रो काट्ने विषय बनेको छ अझैसम्म पनि।

अझ प्रोटोकलको कुनै परवाह समेत नगरी उनको हातबाट प्रमाणपत्र लिने अवस्थामा नेपालका सेनापति प्रभुराम शर्मा पुग्ने गरीको सम्बन्ध विकास गर्न सक्नु क्वात्राको खुवीको विषय थियो।

एकहप्ताअघिमात्र दूतावासले ५७ औं भारतीय प्राविधिक एवं आर्थिक सहकार्य(आईटेक) दिवस मनाउने क्रममा प्रधानसेनापति शर्माले उनै क्वात्राबाट सम्मानित भई दोसल्ला र प्रमाणपत्र लिएका थिए।

चारतारे स्तरको प्रधानसेनापतिलाई गरिने सम्मान प्रोटोकलअनुसार उनीभन्दा माथिल्लो तहको व्यक्तिबाट हुनुपर्ने थियो। तर, कुटनीतिक मर्यादा अर्कै ठाउँमा राखेर भएपनि सौहार्दता कायम गर्न क्वात्राको हातबाट सम्मान थाप्ने अवस्थामा नेपाली सेनाका सेनापति पुग्ने अवस्थामा सिर्जना क्वात्राले गराउन सफल भएका थिए।

(हेर्नुहोस् सम्मान ग्रहण गर्दै गर्दाको सेनापति शर्मा र राजदूत क्वात्राको तस्वीर)

त्यसो त शर्मा सेकेण्डम्यान भएका बेला नेपाली सेनाले सन् २०२१ मा नेपाली सेनाले पनि भारतीइ राजदूत क्वात्रालाई सम्मान गर्न चाहेको थियो नेपाली सेनाका लागि भारतीय सेनाबाट कोभिड १९ को खोप उपलब्ध गराउन भूमिका खेलेवापत्।

तर,क्वात्राले नेपाली सेनाको सम्मानलाई अस्वीकार गरेका थिए। उनले विदेशी सेनाबाट सम्मान नलिने भारत सरकारको नीति भएकाले आफूले इच्छा गरे पनि सो सम्मान लिन असमर्थ भएको जानकारी सेनालाई दिएका थिए।

उनले यसरी नेपाली सेनाको सम्मानलाई लत्याए पनि अमेरिकी र चिनियाँ राजदूतहरुले भने कोभिड १९ महामारीमा सहयोग पुर्याएवापत नेपाली सेनाले आफ्नो सेना दिवसको दिन गरेको सम्मान स्वीकार गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.