ओली र भारतीय जासुस गोयलबीच के के कुरा भए ?

मदन कोइराला
१४ कार्तिक २०७७ १२:०७

काठमाडौं। भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल भारतीय बायुसेनाको विमान लिएर ठूलो तामझामका साथ नेपाल भ्रमणमा आएर फर्किएको एकसातामात्रै बितेको छ। तर, उनले प्रधानमन्त्री ओलीसँग के के कुरा गरे वा ओलीले के के कुरा भने भन्नेबारे भने नेपाल र भारतका राजनीतिक तह र जनस्तरमा ठूलो खुल्दुली छ।

भारतबाट नेपाल उडेदेखि नै ओली र भारतीय जासुसका बीच साँठगाँठको हल्ला चलाएर आफू नेपाल बसेको दिन र फर्किएको दिनसमेत नेपालका प्रधानमन्त्री ओलीलाई ‘रअ’ को इशारा दिन आएको झैं गरी प्रचार गरेर ओलीको तेजोबध गर्न सफल गोयल र प्रधानमन्त्री ओलीका बीच कुरा चाहिँ के भयो त? के प्रधानमन्त्री ओली भारतीय जासुसको चंगुलमा फसेर आफ्नो सत्ता लम्ब्याउन चाहन्छन्?

के उनी पार्टीभित्र उनका विरुद्ध प्रयोग भइरहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय जासुस लगाएर थर्काउन खोज्दैछन्? के ओलीले लिम्पियाधुरा, कालापानी, लिपुलेक फिर्ताबारे जासुसका प्रमुखसँग केही भनेनन्? यी र यस्तै प्रश्नहरु ओलीप्रति लक्षित भएर उठेका छन्।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुख गोयललाई भेट्दा प्रमुख मुद्धा नै कालापानी, लिपुलेक र लिम्पियाधुराको भारतबाट मिचिएको नेपाली भूमिसम्बन्धी थियो। उनले गोयललाई स्कन्द पुराणको प्रसंगदेखि महाकाली सन्धिसम्म र चीन र भारत युद्ध भएको सन् १९६२ को समय र त्यसबेलाको नेपाल भारत सीमासम्बन्धी प्रसंग सुनाएका थिए।

प्रधानमन्त्रीले नेपाल भारत सम्बन्धको लामो व्याख्या गर्दै नेपालले संविधान संशोधन गरेर लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्शामा समेटेको र त्यो नेपाली भूमि नै रहेको ऐतिहासिक तथ्यको स्मरण गराउनु भएको थियो।’ कुराकानीका प्रसंगमा ओलीले सन् १९६२ को चीन र भारतबीचको युद्ध भएपछि मात्रै त्यहाँ भारतीय फौज आएर बस्न थालेको र त्यसअघि त्यो भूमि नेपालकै रहेको स्पष्टसँग अडान राखेका थिए।

ओलीले आफ्ना अति विश्वासपात्रहरुसँग गोयलसँगको आफ्नो वार्ताबारे महत्वपूर्ण प्रसंगहरु सुनाएका छन्। उनका एक अति विश्वासपात्र मानिने नेकपाका नेताले प्रधानमन्त्री ओली र गोयलका बीच भएको कुराकानीबारे डिसी नेपालसँग कुराकानी गर्दै भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीका बीच दुईदेशका बीच उत्पन्न समस्यालाई वार्ताका माध्यमबाट समाधान खोज्ने गरी वार्ताको वातावरण बनाउन पहल गर्ने कुरा भएको रहेछ। सो कुरापछि मोदीले म विशेष दूत पठाउँछु तपाईंलाई भेट्न भनेका रहेछन् र भारतीय विदेश मन्त्रालयले नै पत्र लेखेर विशेष प्रतिनिधिका आउन लागेको जानकारी दिइएको रहेछ। भारतीय प्रधानमन्त्रीले आफ्नो देशको गुप्तचर प्रमुखलाई नै विशेष प्रतिनिधि बनाउँछन् भने त्यो उनको कुरा हो। जो सुकै आए पनि आफ्नो देशको कुरा प्रष्टसँग राख्न प्रधानमन्त्री ओली तयार हुनुहुन्थ्यो र उहाँले त्यसै गर्नुभयो, आफ्नो कुरा प्रष्टसँग राख्नुभयो।’

वार्ताको आधार तयार गर्न मोदीले आफ्ना जासुस प्रमुखलाई पठाएको र उनलाई दिएको ओलीको जवाफले औपचारिक वार्ताको रुप लिन्छ कि लिँदैन त्यो भाविष्यले देखाउला, ती केन्द्रीय नेताले डिसी नेपालसँग भने,‘भारतीय प्रधानमन्त्री मोदीले एक जना प्रतिनिधि दूतका रुपमा पठाउँछु भनेपछि प्रधानमन्त्री ओलीले त्यसमा सहमति जनाउनु भएको थियो, हामीले कसलाई पठाउनु हुन्छ भनेर सोध्ने विषय होइन। मोदीजीले दूतको रुपमा आफ्नो विश्वासपात्रलाई पठाउने हो। मोदीको विश्वास पात्रको रुपमा गोयल आएका हुन्।’

प्रधानमन्त्रीले गुप्तचर प्रमुख गोयललाई नेपाल भारतसम्बन्धको लामो व्याख्यान सुनाएका थिए। यही व्यख्यान सुनाउने क्रममा उनले नेपाल भारतबीचको पौराणिक सम्बन्धको कुरा उठाउँदै स्कन्द पुराणको प्रसंग सुनाएका थिए। र, ऐतिहासिक कालदेखि नै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपाली भूमि भएको कुरा गोयललाई सुनाएका थिए।

ती नेताले अगाडि भने, ‘प्रधानमन्त्रीज्यूले नेपाल भारत सम्बन्धको लामो व्याख्या गर्दै नेपालले संविधान संशोधन गरेर लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्शामा समेटेको र त्यो नेपाली भूमि नै रहेको ऐतिहासिक तथ्यको स्मरण गराउनु भएको थियो।’ कुराकानीका प्रसंगमा ओलीले सन् १९६२ को चीन र भारतबीचको युद्ध भएपछि मात्रै त्यहाँ भारतीय फौज आएर बस्न थालेको र त्यसअघि त्यो भूमि नेपालकै रहेको स्पष्टसँग अडान राखेको उनले बताए।

गोयलसँग प्रधानमन्त्री ओलीले १९६२ को चीन र भारतबीचको युद्धपछि भारतले फौज राखेको भए पनि महाकाली सन्धिपछि पनि त्यो भूमि नेपालकै अधिनमा रहेको सो सन्धिले समेत प्रमाणित गर्ने प्रसंग सुनाएर उक्त भूमि नेपाललाई फिर्ता गर्न आग्रह गरेका थिए।

ओलीको जवाफमा गोयलले कुनै ठोस जवाफ दिएनन्। ती नेताले भने, ‘प्रधानमन्त्रीले स्कन्ध पुराणदेखि महाकाली सन्धिसम्मको प्रसंग सुनाएर कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हो भन्दा गोयलले त्यो भूमि भारतको भनेर दाबी गर्न सकेनन्। बरु, उनले ओलीका सबै कुरा भारतीय प्रधानमन्त्री मोदीलाई सुनाउने प्रतिबद्धता भने जनाएका थिए।’

प्रधानमन्त्री ओलीको लगातारको ब्रिफिङपछि गोयलले सबै विषय वार्ता र संवादमार्फत नै हल गर्नुपर्ने धारणा राखेको ती नेताले डिसी नेपाललाई बताए। गोयलले आफू भारतीय प्रधानमन्त्रीको विशेषदूत बनेर आएको र सबै विषयमा भारतले वार्ता र संवादमार्फत हल गर्न चाहेको बताएको ती नेताले डिसी नेपाललाई जानकारी दिए। गोयलले कुटनीतिक रुपमा भारत निकै अगाडि बढिसकेको उल्लेख गर्दै स–साना विषयलाई वार्ता र संवादमार्फत समाधान गर्ने भारतीय नीति रहेको भन्दै ओलीलाई आश्वस्त पार्ने प्रयास गरेका थिए।

ओलीलाई भारत भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री मोदीका विशेष प्रतिनिधि बनेर नेपाल आएका गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो पनि दिएका छन्। तर, त्यो निम्तो भेटघाटको बेलाको औपचारिकतामात्रै हो कि भारतले साच्चै समस्या समाधान गर्न ओलीलाई निम्त्याएको हो भन्ने खुलासा भने ओलीले निकटस्थहरुसंग गरेका छैनन्।

‘प्रधानमन्त्रीले स्कन्ध पुराणदेखि महाकाली सन्धिसम्मको प्रसंग सुनाएर कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हो भन्दा गोयलले त्यो भूमि भारतको भनेर दाबी गर्न सकेनन्। बरु, उनले ओलीका सबै कुरा भारतीय प्रधानमन्त्री मोदीलाई सुनाउने प्रतिबद्धता भने जनाएका थिए।

भारतीय ग्रयाण्ड डिजाइनमा जासुससँग भेट्नै पर्ने बाध्यतामा परेका ओलीलाई नेपालभित्र बद्नाम गराउने प्रयासमा तत्कालका लागि सफलता मिलेपछि ओली र उनको समूह झस्किएको छ।

केही दिन यता ओली समूहका उपल्लो तहका नेताहरु गोयलसँग भेटघाट गर्दा परराष्ट्रका प्रतिनिधि पनि राखेको र तिनले कुराकानीको नोट टिपेर राखेको बताउँदै भारतीय प्रोपोगाण्डाको सिकार हुनबाट जोगिने प्रयास गर्दै आएका छन्। तै पनि परराष्ट्रका कुन तहका अधिकृत सो वार्तामा बसेका थिए भन्ने कतै खुलेको छैन।

गत बुधबार विहान भारतले परराष्ट्र मन्त्रालयसँग चार्टड जहाज अवतरण गर्ने अनुमति मागेको थियो। परराष्ट्र मन्त्रालयले अनुमति दिएपछि भारतीय वायु सेनाको जहाज नेपाल आएको थियो। उक्त जहाजमा भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसहितको टोली नेपाल आएको थियो।

नेपाल आएपछि उक्त टोली भारतीय दूतावास गएको थियो। दूतावासमा भेटघाटपछि चुच्चेपाटीमा रहेको हायात होटलमा विश्राम गरेको थियो। त्यसपछि त्यही दिन बेलुका सवा नौ बजेदेखि १२ बजेसम्म गोयलले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।

भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारत र नेपालबीचको सम्बन्धमा चिसोपना आएको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि कुटनीतिक वार्ताका लागि भारतलाई पठाएको कुटनीतिक नोटको भारतले ठोस जवाफ दिएको छैन।

याे पनि पढ्नुस्

जासुससँग भेटेको सूचना समयमै नदिने, अनि अहिले पुरपुरोमा हात राखेर हुन्छ त प्रधानमन्त्रीज्यू ?
फेरि जासुसकै पोल्टामा पुग्यो नेपाल भारत सम्बन्ध
भारतीय जासुस उनकै सेनापतिको भ्रमण सफल पार्न आए कि भाँड्न?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *