भारतीय जासुस उनकै सेनापतिको भ्रमण सफल पार्न आए कि भाँड्न?

डिसी नेपाल
८ कार्तिक २०७७ ९:०५

काठमाडौं। कात्तिक १८ गतेलाई भारतीय सेनाका सेनापति मनोजमुकुन्द नरभनेको नेपाल भ्रमण तय भइसकेको अवस्थामा एक्कासि भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालिसिस विङका प्रमुख सामन्तप्रसाद गोयलले नेपाल भ्रमण गरे।

भारतीय जासुसले के उद्देश्यले सेनापति भ्रमणको १३ दिनअघि नेपालको भ्रमण गरे यो कुरा तत्काल नखुले पनि भ्रमणले नेपालमा भारतविरोधी भावनालाई फेरि उत्कर्षमा पुर्याइदिएको छ।

नेपालमा भारतविरोधी भावन भड्किनु भारतका लागि सधैंको टाउको दुखाइको विषय हुने गर्छ। भूकम्पको लगत्तै गैरजिम्मेवारीपूर्ण ढंगले लगाएको नाकाबन्दीले आम नेपालीहरुमा भारतविरोधी भावना उत्कर्षमा पुगेको थियो।नाकाबन्दीका कारण स्कूल र कलेजहरु खुल्न नसक्दा स्कुले बालबालिकाले समेत भारतविरोधी प्रदर्शन गरेका थिए।

नेपालका विकास निर्माणका ठूला प्रोजेक्टहरुमा लगानी गरेर वा बार्षिक बजेटकै लागि सहायता गरेको भए पनि नेपाल र नेपालीलाई दुख दिने र सीमा मिच्ने तथा नेपालका तयार गरिएका कठपुलती नेताहरु परिचालित गरी राज्यका विभिन्न तहमा माइक्रोमेनेज्मेण्ट गर्ने काम गर्दै आएका कारण आम नेपालीहरुमा भारतविरोधी भावना छ।

भारतीय जासुस प्रमुख गोयलको भ्रमणले नेपालमा मुख्यतया दुईवटा काम गरेको छ। पहिलो विगत केही वर्षदेखि राष्ट्रवादी नेताका रुपमा स्थापित भएका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादको ग्राप स्वाट्टै घटाइदिएको छ। उनी के कुरा गर्न आएका हुन् भन्ने नखुले पनि भारतीय सत्ताको प्रधानमन्त्री ओलीलाई ड्यामेज गर्ने पुरानो मिसनलाई गोयलको भ्रमणले पूरा गरिदिएको छ।

यो भावनालाई कम गर्दै जनस्तरमा राम्रो सम्बन्ध राख्ने घोषित भारतको नीति उसकै निकायहरुको अकर्मण्यताका कारण उल्टो हुँदै आएका यसअघिका विभिन्न घटनाहरुले पुष्टि गरिसकेका छन्।यसपल्टको भारतीय जासुस प्रमुख गोयलको भ्रमणले नेपालमा मुख्यतया दुईवटा काम गरेको छ। पहिलो विगत केही वर्षदेखि राष्ट्रवादी नेताका रुपमा स्थापित भएका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादको ग्राप स्वाट्टै घटाइदिएको छ।

उनी के कुरा गर्न आएका हुन् भन्ने नखुले पनि भारतीय सत्ताको प्रधानमन्त्री ओलीलाई ड्यामेज गर्ने पुरानो मिसनलाई गोयलको भ्रमणले पूरा गरिदिएको छ। सामाजिक सञ्जाल र मिडियाहरुमा प्रधानमन्त्री ओली अत्याधिक आलोचनाका शिकार भएका छन्। सधैं भारतपक्षधर ठानिएका केही नेपाली नेताहरुले समेत भारतीय जासुस भेट्ने ओलीको तरिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

यसले गर्दा ओलीको राष्ट्रवादी छवि नराम्रोसँग ढलेको छ तत्कालकै लागि भए पनि। जवसम्म ओलीले जासुस गोयलसँग भएका कुरा सार्वजानिक गर्दैनन् र व्यबहारमा पनि सो कुरा देखिँदैन तबसम्म ओलीको पुरानो राष्ट्रवादी छवि गल्र्याम्गुर्लम्म बनाएदिएको छ यो भ्रमणले। यो भ्रमणले उत्तरी छिमेकी मुलुक चीनलाई पनि ओलीप्रति संशकित बनाइदिएको छ।

जसले भविष्यमा ओलीलाई परिआएका खण्डमा चीनकार्ड खेल्नबाट रोक्ने छ। निकट भविष्यमा उनको नेतृत्वको सरकार ढाल्न उनकै पार्टीका नेताका लागि यो इस्यूले ठूलो संजीवनीको काम गर्ने देखिएको छ।

दोस्रो, भारतीय सेनापतिको आसन्न नेपाल भ्रमणलाई अप्ठेरोमा पारिदिएको छ। सेनापति नरभने नेपाल र नेपालीमाझ यसै पनि अलोकप्रिय छन्। नेपालले भारतबाट मिचिएको आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको सन्दर्भमा नरभनेले अरुको(चीन) उक्साहटमा नेपालले काम गरेको आरोप लगाएर नेपाल र नेपालीको अपमान गरेका थिए।

यसबारे तीब्र प्रतिक्रिया उत्पन्न भएपछि उनले सच्याउन त सच्याए तर उनका विरुद्ध भड्किएको नेपाली भावना अझैसम्म सकारात्मक हुन सकेको छैन। नेपाली सेना र भारतीय सेनाको सहकार्यमा नाकाबन्दी खुलेकोमा नेपालीको मनमा केही भए पनि इज्जत कमाएको भारतीय सेनाप्रतिको भावना नरभनेको बोलीले चकनाचुर पारेको थियो।

राजदूतलगायत विदेश विभागअन्तर्गतका कर्मचारी, जासुसी संस्था रअ का कर्मचारी र भारतीय सेना। यी तीनमध्ये नेपालको सन्दर्भमा रअले फेरि खुट्टा घुमाएको छ। नेपाल नीतिमा पटक पटक असफल बन्दै आएको रअले एक्कासी प्रधानमन्त्री ओलीको तेजोबध गराएर आफ्नो दर्विलो उपस्थिति प्रमाणित गरिदिएको छ।

तर, त्यसयता दुईदेशका बीच संबादहीनताको अवस्थालाई सैनिक कुटनीतिमार्फत खुलाउने यसबीचको प्रयास नरभनेको नेपाल भ्रमण तय गरेसँगै सार्वजानिक भएको कुरालाई सकारात्मकरुपमा हेरिएको थियो। यो सकारात्मक भावलाई पनि भारतीय जासुस गोयलको भ्रमणले फेरि नकारात्मकतातिर लगिदिएको छ।

भारतीय जासुसको अहिलेको गतिविधिकै कारण उनको भ्रमणविरोधी स्वरुहरु फरि चर्कन थालेका छन् र उनलाई नेपाली सेनाको मानार्थ महारथी दिन नहुनेभन्दै राजनीतिक व्यक्तिहरुले नै माग गर्न थालेका छन्। नेता सीपी मैनाली यसका पछिल्ला उदाहरण हुन्।

भारतीय जासुसले नेपालको परराष्ट्र मामिला र प्रोटोकलको त खिल्ली उठाइदिएकै थियो, वास्तवमा भारतीय सिभिल डिप्लोमेसीलाई पनि असफल सावित गरिदिएको छ। नेपालमा भारतीय दूतावासभित्र मुलत : तीनवटा विभागले पावर एक्सरसाइज गर्छन्। राजदूतलगायत विदेश विभागअन्तर्गतका कर्मचारी, जासुसी संस्था रअ का कर्मचारी र भारतीय सेना।

यी तीनमध्ये नेपालको सन्दर्भमा रअले फेरि खुट्टा घुमाएको छ। नेपाल नीतिमा पटक पटक असफल बन्दै आएको रअले एक्कासी प्रधानमन्त्री ओलीको तेजोबध गराएर आफ्नो दर्विलो उपस्थिति प्रमाणित गरिदिएको छ। कुन बाध्यतामा परेर प्रोटोकलसमेतको वास्ता नगरी खुल्लारुपमा (कोभर्ट वा गोप्य हिसावले आएको भए बेग्लै कुरा) आएका गोयलसँग घण्टौं वार्तालाप गरे? यसको जवाफ ओलीवाहेक अरुले दिन सक्दैनन् अहिले। उनले जवाफ दिन चाहेनन् भने यो कुराले उनलाई बाँकी राजनीतिक गतिविधिलाई पनि असर गरिरहने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *