जासुससँग भेटेको सूचना समयमै नदिने, अनि अहिले पुरपुरोमा हात राखेर हुन्छ त प्रधानमन्त्रीज्यू ?

डिसी नेपाल
१२ कार्तिक २०७७ ८:२६

काठमाडाैं।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलबीच भएको छलफलमा भएको छलफलका विषयवस्तुको सूचना सममै नदिँदा प्रधानमन्त्री ओलीको ठूलो आलोचना भइरहेको छ।

उक्त छलफलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिसमेत रहेको र छलफलका विषय परराष्ट्रका प्रतिनिधिलेसमेत टिपोट गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे। तर त्यही कुरा समय मै दिएको भए प्रधानमन्त्री ओलीको यत्रो आलोचना हुने थिएन।

ओलीलाई ड्यामेज गर्ने तत्वले एकपछि अर्को सूचना सम्प्रेषण गर्दा पनि प्रधानमन्त्री निकटमा व्यक्तिहरुबाट सही र भएका सूचना समय मै सम्प्रेषण हुन नसक्दा ओलीलाई ड्यामेज गर्ने तत्व सफल भएको छ। के लोभले गर्दा सही सूचना समय मै दिन सकिएन? सही सूचना समय मै नदिने अनि अहिले आएर पुरपुरोमा हात लगाएर हुन्छ त प्रधानमन्त्रीज्यू!

सबैभन्दा बढी चासोको विषय भनेको खुफिया एजेन्सीका प्रमुखसँग देशका कार्यकारी प्रधानमन्त्रीले झण्डै तीन घण्टासम्म गरेको भेटवार्ताले रअ प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण झन रमस्यमयी बनाएको छ।

सर्बत्र आलोचना भएपछि सरकारी पक्षले गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा नेपाल आएका र उनीसँग प्रधानमन्त्रीले स्पष्टसँग नेपालको अडान राखेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको छवि पछिल्लो समय राष्ट्रवादी नेताको रुपमा रहेको छ। भारतीय नाकाबन्दी विरुद्ध स्पष्ट अडानसहित उभिएका ओलीले पछिल्लो समयमा भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्दासम्म राष्ट्रवादी नेताको रुपमा उनको कद झन् बढेको थियो।

मुलुकको हितका विषयमा स्पष्ट अडान राख्न सक्ने नेताको परिचय बनाएका ओलीले रअ प्रमुखलाई आफ्नो निवासमा किन र के उद्देश्यले भेटे भन्ने विषय सार्वजनिक भइसकेको छैन।

तर उनको आलोचना हुन थालेपछि निकटवर्तीले भारतीय प्रधानमन्त्री मोदीको दूतका रुपमा गोयल नेपाल आएका र उनीसँग प्रधानमन्त्री ओलीले स्पष्टसँग आफ्नो अडान राखेको बताएका छन्।

आफू ड्यामेज भइसकेपछि अहिले ड्योमेज कन्ट्रोल गर्नका लागि मात्रै यी विषय भनिएका हुन् भने यसको अर्थ रहँदैन। गोयल आउनुपूर्व नै सरकारले मोदीका विषेश दूत बनेर आउन लागेको भएको बताएको भए अहिले प्रधानमन्त्री ओलीको कद झन् उचो हुने निश्चित थियो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोदीको दूतका रुपमा नेपाल आएको बताएका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले त सामाजिक संजाल फेसबुकमा लामो स्टासट लेख्दै ओली र गोयलबीच भएको भेटवार्ताको फेहरिस्त नै प्रस्तुत गरेका छन्।

पोखरेलले भने अनुसार नै हो भने यो कुरा सरकारले किन पहिला भनेन? आफू ड्यामेज भइसकेपछि अहिले ड्योमेज कन्ट्रोल गर्नका लागि मात्रै यी विषय भनिएका हुन् भने यसको अर्थ रहँदैन। गोयल आउनुपूर्व नै सरकारले मोदीका विषेश दूत बनेर आउन लागेको भएको बताएको भए अहिले प्रधानमन्त्री ओलीको कद झन् उचो हुने निश्चित थियो।

नाकाबन्दीपछि बढेको ओलीको कद अहिले ड्यामेज भएको छ। समयमै सही सूचना प्रवाह गर्न नसक्दा प्रधानमन्त्री ओली अहिले सर्बत्र आलोचित भएका छन्। कतिपयले उनलाई नक्कली राष्ट्रवादीसमेत भनेका छन्।

गोयल के कुरा गर्न आएका हुन् भन्ने नखुले पनि भारतीय सत्ताको प्रधानमन्त्री ओलीलाई ड्यामेज गर्ने पुरानो मिसनलाई गोयलको भ्रमणले पूरा गरिदिएको छ। सामाजिक सञ्जाल र मिडियाहरुमा प्रधानमन्त्री ओली अत्याधिक आलोचनाका शिकार भएका छन्। सधैं भारतपक्षधर ठानिएका केही नेपाली नेताहरुले समेत भारतीय जासुस भेट्ने ओलीको तरिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

यसले गर्दा ओलीको राष्ट्रवादी छवि नराम्रोसँग ढलेको छ तत्कालकै लागि भए पनि। जवसम्म ओलीले जासुस गोयलसँग भएका कुरा सार्वजानिक गर्दैनन् र व्यबहारमा पनि सो कुरा देखिँदैन तबसम्म ओलीको पुरानो राष्ट्रवादी छवि गल्र्याम्गुर्लम्म बनाएदिएको छ यो भ्रमणले। यो भ्रमणले उत्तरी छिमेकी मुलुक चीनलाई पनि ओलीप्रति संशकित बनाइदिएको छ।

उपप्रधानमन्त्री पोखरेलका अनुसार प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीच भएको छलफल परराष्ट्र मन्त्रालयमा वार्ताको औपचारिक टिपोट सुरक्षित रहेको छ।

सो क्रममा प्रधानमन्त्री ओली र गोयलबीच नेपाल भारत सीमा समस्यासँग र नयाँ नक्सा प्रकाशनसँग गाँसिएका विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्री ओलीले आफ्ना अडान र दृष्टिकोण स्पष्टसँग राखेका थिए। जसलाई भारतीय पक्षले सकारात्मक रुपमा लिँदै वार्तामार्पmत समाधानकालागि अघि बढ्नुपर्ने कुरा राखेको उपप्रधानमन्त्री पोखरेलले जनाएका छन्। जुन सकारात्मक विषय हो।

नेपालले यसअघि पनि भारतलाई कुटनीतिक नोट पठाएर बारम्बार वार्ताका लागि आग्रह गर्दा भारतले त्यसलाई अस्वीकार गर्दै आएको थियो। अहिले आएर भारत वार्तामार्फत समस्या समाधान गर्न सकारात्मक भएको हो भने त्यसलाई नेपालको जितका रुपमा लिन सकिन्छ।

विगत केही समय देखि चिसिएको दुई देशबीचको सम्बन्धलाई भारतले वार्तामार्फत समाधानका लागि पहल गर्नु निकै सकारात्मक विषय हो। तर सरकारले यो सूचना बेलैमा दिन नसक्दा सरकारप्रति र विशेष गरी प्रधानमन्त्री ओलीको छवि धुमलिएको छ।

उपप्रधानमन्त्री पोखरेलले ओली र गोयलबीचको भेटवार्ताको निष्कर्षका विषयमा लेखेका छन्, ‘याद रहोस, राष्ट्रियता, स्वतन्त्रता, सार्वभौतिमकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासँग सम्झौता हुँदैन। यीनै कुरालाई शिरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीँकतैबाट पनि आँच पुग्न दिइने छैन। विदेशीको काखको न्यानोमा सुत्न पल्केकाहरुको कथित राष्ट्रवादलाई चिनौं, सजग होऔं र सरकारले चालेका सही कदमलाई साथ र समर्थन गरौं।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *