प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दाहाल माओवादी अध्यक्ष प्रचण्डका नातामा भाई हुन् । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । उनी यसअघि वाग्मती प्रदेश अध्यक्षसमेत थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment