अविश्वासको प्रस्तावमाथि मतदानको लागि संसद बैठक सुरु
काठमाडौं । पाकिस्तानमा लामो समयदेखि चलेको राजनीतिक उथलपुथलपछि प्रधानमन्त्री इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानका लागि शनिबार राष्ट्रिय सभाको अधिवेशन सुरु भएको छ ।
सभामुख असद कैसरले बैठक सञ्चालन गर्दैछन् । आइतबार प्रस्ताव अस्वीकृत हुँदा उपसभामुख कासिम सुरीले सदनको कारवाही चलाउँदै थिए ।
बिहीबार, पाकिस्तानको सर्वोच्च अदालतले नेशनल एसेम्बलीको निर्णयलाई उल्टाएको छ जसमा विपक्षीहरूले इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई उपसभामुखले संविधानको धारा ५ को हवाला दिँदै खारेज गरेका थिए।
त्यसपछि प्रधानमन्त्री इमरान खानको सिफारिसमा देशका राष्ट्रपतिले राष्ट्रिय सभा विघटन गरेर ९० दिनभित्र देशमा चुनाव गराउने घोषणा गरेका थिए ।
भोटिङको ठीक एक दिन अघि शुक्रबार, इमरान खानले देशका जनतालाई सम्बोधन गर्दै, विपक्षीहरूले ‘विदेशी शक्तिहरूसँग मिलेर’ आफ्नो विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment