आईपीएलः आज दुई खेल हुँदै

डिसी नेपाल
२७ चैत २०७८ १३:२५
128
Shares

काठमाडौं।इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई खेल हुँदैछ । पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापीटल्सबीच प्रतिस्पर्धा हुँदेछ।

दोस्रो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।कलकत्ताले दिल्लीसँग मुम्बईस्थित ब्राबोरने रंगशालामा नेपाली समय दिउँसो अनुसार ३ः४५ मा खेल्ने छन् भने दोस्रो खेलमा मुम्बईको वनखाडे स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः४५ मा राजस्थान र लखनउ भिड्ने छन् । कलकत्ता आफ्नो ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ शीर्षस्थानमा छ भने दिल्ली ३ खेलमा १ मात्र जित निकाल्दा २ अंकका साथ सातौँ स्थानमा छ ।

त्यस्तै लखनउ ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ नेटरनरेटमा लिगको चौथो स्थानमा छ भने राजस्थाा ३ खेलमा २ जित निकाल्दा ४ अंक बटुल्दै लिगको पाँचौं स्थान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *