बास्केटबल लिग जेठमा

डिसी नेपाल
२७ चैत २०७८ १६:१३
20
Shares

काठमाडौं।महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग ९एनबीएल० आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ ।आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले आइतबार पत्रकार सम्मेलनमार्फत पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो ।

दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।लिगमा पुरुष र महिलातर्फ समान सात टोलीको सहभागीता हुनेछ ।

यद्यपि, हाल पुरुषतर्फ ६ र महिलातर्फ ४ क्लबको टुङ्गो लागेको छ । बाँकी टोलीहरू निश्चित हुन बाँकी रहेको आयोजकले जनाएको छ ।प्रतियोगिताको पुरुषतर्फको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, महिलातर्फको विजेताले एक लाख र उपविजेताले पचास हजार रुपैयाँ पुरस्कार पाउने छन् ।दुवै विधाका ‘प्लेअर अफ दी म्याच’ ले तीन हजार रुपैयाँ पाउनेछन् । यस्तै, दुवै विधाका उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले समान १० हजार पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *