५ लाख घुससहित मालपोत कार्यालय जनकपुरका एक कर्मचारी पक्राउ

डिसी नेपाल
२८ चैत २०७८ ९:५३
60
Shares

जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय जनकपुरमा कार्यरत एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ। आयोगले सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झालाई ५ लाख घुस रकमसहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्ने लगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *