रविचन्द्र अश्विनले त्यस्तो के गरे जसलाई सीमित ओभरको क्रिकेटमा क्रान्ति मानिएको छ ?
काठमाडौं । रविचन्द्रन आश्विनले आईपीएलमा लखनऊ सुपर जायन्ट्स (एलएसजी) विरुद्ध राजस्थान रोयल्स (आरआर) बाट खेल्ने क्रममा यस्तो कदम उठाए, जसलाई आगामी समयमा सीमित ओभरको क्रिकेटमा क्रान्तिको रूपमा हेरिएको छ। कप्तान सञ्जु सामसनका अनुसार उनी र राजस्थानको टोलीले यसबारे पहिले नै विचार गरिसकेका थिए तर लखनउविरुद्धको खेलको अवस्थालाई ध्यानमा राख्दै टोलीले यसलाई लागू गर्ने सोचेको थियो । राजस्थानको यो कदम निकै सफल पनि साबित भयो।
शुरुवाती विकेट खसेपछि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका रविचन्द्रन आश्विनले एक समय राजस्थानको इनिङ्सलाई सम्हालेका थिए तर अन्तिम ओभरमा आफुबाट ठूला हिट नभएको महसुस भएपछि उनले आफू रिटायर भएर रियान परागलाई मौका दिए । ३–४ ओभरमा लगातार ४ विकेट गुमाएपछि पावरप्ले ओभरमा राजस्थान रोयल्सको टोली दबाबमा परेको थियो । ४ विकेटमा ६७ रनको स्कोरमा आश्विन र शिमरोन हेटमायरले इनिङलाई सम्हालेका थिए ।
ब्याट्सम्यानका रुपमा उनले आफ्नो इनिङ्समा २३ बलमा २८ रन खेलेका थिए, राजस्थानको इनिङ्समा २ ओभर मात्र बाँकी थियो र टोलीको स्कोर १३५ रन थियो। यो देखेर अश्विनले आफू रिटायर्ड आउट हुँदै रियान परागलाई क्रिजमा आउने मौका दिए । ती दुई ओभरमा रियान परागले ४ बल खेलेर ८ रन बनाए, जसमा उनले होल्डरलाई छक्का पनि प्रहार गरे । रियान र हेटमायरले मिलेर यो २ ओभरमा राजस्थानको स्कोर १६५ रनमा पुर्याए जुन निकै महत्वपूर्ण सावित भयो ।
रिटायर्ड आउट र रिटायर हर्टमा ठूलो भिन्नता छ, जब कुनै खेलाडी चोटपटक, ह्यामस्ट्रिङ वा अन्य कुनै कारणले ब्याटिङ गर्न नसक्ने अवस्थामा क्रिज छाडेर डगआउटतिर गए भने ती खेलाडीलाई रिटायर्ड हर्ट मानिन्छ। रिटायर्ड हर्ट खेलाडी आफ्नो टिमको इनिङ नसकिँदै फेरि ब्याटिङ गर्न सक्ने भए भने फेरि ब्याटिङ गर्न क्रिजमा आउन सक्छन् । रिटायर्ड आउट भने खेलाडिको स्वेच्छिक निर्णय हो । यदि कुनै ब्याट्सम्यानले स्वेच्छाले क्रिज छोडेर अर्को ब्याट्सम्यानलाई मौका दियो भने उसलाई रिटायर्ड आउट मानिन्छ। यसरी स्वेच्छाले रिटायर्ड आउट खेलाडीलाई आउट भएसरह मानिन्छ र ती खेलाडीले फेरि ब्याटिङ गर्न आउन पाउँदैनन् । तर, यो सीमित ओभरको क्रिकेटमा निकै गेम चेन्जर साबित हुन सक्छ।
ब्याट्सम्यान रविचन्द्रन आश्विनले लामो शट लिन नसकेपछि उनले नयाँ ब्याट्सम्यानलाई मौका दिए र शिमरोन हेटमायर र रियान परागले मिलेर इनिङ्सको गतिलाई पूर्णतया राजस्थान रोयल्सको पक्षमा पारेर टोलीलाई दुई ओभरमा १३५ रनबाट १६५ रनमा पुर्याए। आश्विनको निर्णय टोलीको हितमा साबित भयो। यो रणनीतिको प्रयोग प्रायः टी-२० क्रिकेट र ५० ओभरको क्रिकेटमा देख्न सकिन्छ। यो रणनीति आइपिएलमा प्रयोग भएको भने पहिलो पटक हो ।







डिसी नेपाल







Facebook Comment