चेन्नई सुपरकिंग्सलाई ठूलो झट्का !

डिसी नेपाल
२९ चैत २०७८ १५:४९
372
Shares

काठमाडौं । आइपिएल २०२२ मा लगातार चार खेल हारेको चेन्नई सुपर किंग्सलाई अर्को ठूलो झट्का लागेको छ । टिमका अलराउन्डर दीपक चहर ढाडको चोटका कारण पूरै सिजनका लागि बाहिर भएका छन् । वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजका क्रममा दीपकको खुट्टामा चोट लागेको थियो । उनको क्वाड्रिसेप्स मांसपेशीमा चोट लागेको थियो। उनी स्वास्थ्यलाभका लागि राष्ट्रिय क्रिकेट एकेडेमी गएका थिए । खुट्टाको चोट निको हुँदै गएको थियो तर दीपकको ढाडमा चोट लाग्यो ।

चेन्नई सुपर किंग्सले दिपक चहरलाई बेंगलुरुमा भएको मेगा लिलामीमा १४ करोडको ठूलो बोली लगाएर किनेको थियो । दीपक गत सिजनसम्म चेन्नईको हिस्सा थिए, तर फ्रान्चाइजीले उनलाई रिटेन गरेको थिएन। त्यसपछि दिपक मेगा अक्सनमा ठूलो बोली लगाएर फेरि टोलीमा सामेल भएका थिए ।

दीपक चहरको अनुपस्थितिमा चेन्नईको बलिङ आक्रमण निकै कमजोर भएको छ । दीपक नयाँ बलमा विकेट लिन माहिर थिए। उनको अनुपस्थितिमा टिमले पावर प्लेमा विकेट लिन सकेको छैन । त्यसैले प्रतिद्वन्द्वी टोलीमाथि दबाब छैन ।

दीपकले आफ्नो आईपीएल करियरमा अहिलेसम्म ६३ खेलमा ५९ विकेट लिएका छन् । पछिल्लो समय उनले ब्याटबाट पनि चमत्कार देखाउन थालेका छन् । जसका कारण उनलाई अलराउन्डरको रुपमा हेरिएको थियो । उनले श्रीलंकाविरुद्ध उत्कृष्ट अर्धशतक खेल्दै भारतलाई जित दिलाएका थिए। यसपछि पनि उनले भारतका लागि केही अवसरमा महत्वपूर्ण इनिङ खेले ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *