पाकिस्तानका नयाँ प्रधानमन्त्रीले मोदीको बधाइको ‘चतुर’ जवाफ दिए
काठमाडौं । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शाहबाज शरीफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई सन्देशका लागि धन्यवाद दिँदै कश्मीरको बारेमा उल्लेख गरेका छन्।
उनले ट्वीटरमा आफ्नो सन्देशमा भनेका छन्, “पाकिस्तान भारतसँग शान्तिपूर्ण र सहयोगी सम्बन्ध राख्न चाहन्छ। जम्मू-कश्मीरलगायत दुई देशबीचका विचाराधीन मुद्दाहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्न आवश्यक छ। पाकिस्तानले आतंकवादसँग जे जति बलिदान दिएको छ, त्यो सबैलाई थाहा छ, त्यसैले हामीले शान्ति सुनिश्चित गर्नुपर्छ र हाम्रा जनताको सामाजिक र आर्थिक विकासमा ध्यान दिनुपर्छ ।”
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शाहबाज शरीफ निर्वाचित भएकोमा ट्वीटरमार्फत शुभकामना दिएका थिए ।
मोदीले आफ्नो सन्देशमा भनेका थिए, “पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएकोमा मियाँ मोहम्मद शाहबाज शरीफलाई बधाई छ। भारत आतंकवादबाट मुक्त यस क्षेत्रमा शान्ति र स्थायित्व चाहन्छ ताकि हामी विकासको मार्गमा रहेका चुनौतीहरूमा ध्यान केन्द्रित गर्न सकौं। र हाम्रा जनताको कल्याण र समृद्धि सुनिश्चित गर्न सकौं ।







डिसी नेपाल







Facebook Comment