उमेदवारको टुंगो लगाउन सत्ता गठबन्धनले दियो ४ वैशाखसम्मको समय

डिसी नेपाल
२९ चैत २०७८ १९:४२
128
Shares

काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्षसहित उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले स्थानीय तहलाई उमेदवारको टुंगो लगाउन ४ वैशाखसम्मको समयसीमा तोकेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले स्थानीय तहमा हुने तालमेल टुंग्याउन जिल्ला समितिलाई ४ वैशाखसम्मको समय दिएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।  यसअघि चैत मशान्तभित्र तालमेल टुंग्याउन समय दिइएको थियो ।

गठबन्धनका नेताहरूले सोमबार गठबन्धनले बनाउने उम्मेदवारहरूलाई विजयी बनाउन मतदाताहरूसँग मत मागेका छन्। गठबन्धनसहित निर्वाचनमा जान चाहनुको कारण पनि प्रष्ट पारेका छन्।

यसअघि आइतबारसम्म चारपटक निर्वाचन तयारी तथा अनुगमन समितिले तालमेलको ‘मोडालिटी’बारे छलफल गरेको थियो। पालिका, जिल्ला र प्रदेशस्तरमा गठन गरेको गठबन्धनको संयन्त्रले पठाएको प्रतिवेदन र सुझावको आधारमा मोडालिटीबारे समितिले छलफल गरेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.