अमेरिकाको एक सबवेमा गोलाबारी हुँदा १३ जना घाइते

डिसी नेपाल
२९ चैत २०७८ २०:५५
160
Shares

काठमाडौं । अमेरिकामा न्युयोर्कको ब्रुकलिनको एक सबवे स्टेशनमा भएको गोलाबारीमा कम्तिमा पनि १३ जना घाइते भएका छन् ।

स्थानीय मिडिया रिपोर्टका अनुसार, सनसेट पार्कमा ३६ मा स्ट्रीट स्टेशनमा स्थानीय समय अनुसार मंगलबार विहान साढे ८ बजे गोली चलेको थियो ।

घटनास्थल को तस्बिरमा स्टेशनको फर्शमा यात्री रगताम्मे अवस्थामा थिए । घटनास्थलमा विस्फोटक उपकरण पनि पाइएको बीबीसीले जनाएको छ ।

संदिग्ध आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *