रोपवे दुर्घटनामा परेकाहरूको एयरलिफ्टबाट यसरी उद्धार गरियो, तस्बिरहरू

डिसी नेपाल
३० चैत २०७८ १२:५२
252
Shares

काठमाडौं । झारखण्डको देवघर जिल्लाको त्रिकुट पहाडमा रोपवे दुर्घटनामा फसेका पर्यटकको ४६ घण्टा लामो उद्धार अपरेशनपछि उद्धार गरिएको छ । उद्धारका क्रममा दुई जनाको मृत्यु भएको छ । दुर्घटनाका बेला पनि ठक्करका कारण एक महिलाको मृत्यु भएको थियो ।

त्रिकुट पहाड देवघरको आकर्षक पर्यटकीय र तीर्थस्थल हो। त्यहाँ मानिसहरू रोपवेबाट अग्लो पहाडमा जान्छन्। गत आइतबार रामनवमीको दिन अपरान्ह ४:३० बजे दुर्घटना भएको थियो । त्रिकुट पहाडको रोपवेको तार हुकबाट अलग्गिएपछि रोपवेका ट्रलीहरू तल झुके । तलका दुईवटा ट्रली ढुङ्गासँग ठोक्किएर एक महिलाको मृत्यु भयो ।

त्यसपछि स्थानीय प्रशासन, आईटीबीपी र भारतीय वायुसेनाको सहयोगमा सुरु भएको उद्धार कार्य मंगलबार दिउँसो सकिएको थियो । अलपत्र तीर्थयात्रीहरूलाई बाहिर निकाल्न एयरलिफ्टको विधि अपनाइयो। वायुसेनाले यो निकै चुनौतीपूर्ण अपरेसन भएको र सेनाले १० वटा केबल कारमा रहेका ३५ जना यात्रुलाई निकै कठिन परिस्थितिमा बाहिर निकालेको बताएको छ ।

यस अपरेशनमा एमआई १७ भी ५ र चित्ता हेलिकप्टरको प्रयोग गरिएको थियो । गरुड कमाण्डरहरू पनि संलग्न थिए। स्थानीय पत्रकार कमल किशोरले सन् २००९ मा पनि उद्घाटनकै दिन यो रोपवेको ट्रली चार घण्टा हावामा अड्किएको बताए । त्यतिबेला श्रावणी मेला चलिरहेको थियो । जसमा करिब ८० पर्यटक फसेका थिए ।

तस्बीरहरू हेर्नुहोस् (सबै तस्वीरहरू समाचार एजेन्सी एएनआइका हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *