डा. स्वप्निल बरालको गीत ‘राम्रो नेपाल’ सार्वजनिक

डिसी नेपाल
३० चैत २०७८ २१:२६
96
Shares

काठमाडौं । गीतकार र युवा वैज्ञानिक डा. स्वप्निल बरालको गीत रचना, महेश खड्काको सङ्गीत र रजीना रिमालको स्वरमा गीत ‘राम्रो नेपाल’ सार्वजनिक भएको छ । रामजी लामिछानेले निर्देशन गरेको भिडियोमा प्रियना आचार्यको अभिनय छ ।

अमेरिकाको युनिभर्सिटी अफ डेलावेर बाट भौतिक शास्त्रमा विद्यावारिधि पश्चात् डा. बराल हाल मेरिल्यान्ड राज्यको नेशनल इन्स्टिच्युट अफ स्ट्यान्डर्ड एन्ड टेक्नोलोजी (NIST) मा वैज्ञानिकका रूपमा कार्यरत छन्।

स्वप्निल प्रसिद्ध कविरगीतकार डा. कृष्ण हरि बरालका सुपुत्र हुन् । सात वर्षको कलिलो उमेरमै रेडियो नेपालको बाल कार्यक्रममा कविता वाचन गरेका विलक्षण प्रतिभाका धनी स्वप्निलले नाइँ नभन्नु ल ३, पुनर्जन्म लगायत आधा दर्जन चलचित्रमा गीत रचना गर्नुका साथै राजेश पायल राई, वसन्त खड्का, प्रमोद खरेल लगायत दुई दर्जन नेपाली कलाकारहरूका लागि गीत रचना गरेका छन् ।

राम्रो नेपाल गीतमा नेपालको प्राकृतिक सुन्दरताको बयान सुन्दर उपमा, रुपकादी अलङ्कारहरू सहित शृङ्गार रसमा सुन्न सकिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *