डा. बरालकाे नेपाल गीत(भिडियोसहित)
काठमाडौं । युवा वैज्ञानिक तथा गीतकार डा. स्वप्निल बरालको गीत रचना, महेश खड्काको सङ्गीत र रजीना रिमालको स्वरमा ‘राम्रो नेपाल’ गीत सार्वजनिक भएको छ । रामजी लामिछानेले निर्देशन गरेको भिडियोमा प्रियना आचार्यको अभिनय रहेको छ ।
अमेरिकाको युनिभर्सिटी अफ डेलावेर बाट भौतिक शास्त्रमा विद्यावारिधि पश्चात् डा. बराल हाल मेरिल्यान्ड राज्यको नेशनल इन्स्टिच्युट अफ स्यट्यान्डर्स एन्ड टेक्नोलोजी (NIST)मा वैज्ञानिकका रूपमा कार्यरत छन्। स्वप्निल प्रसिद्ध कवि तथा गीतकार डा. कृष्ण हरि बरालका सुपुत्र हुन्। सात वर्षको कलिलो उमेरमै रेडियो नेपालको बाल कार्यक्रममा कविता वाचन गरेका विलक्षण प्रतिभाका धनी स्वप्निलले नाइँ नभन्नु ल ३, पुनर्जन्म लगायत आधा दर्जन चलचित्रमा गीत रचना गर्नुका साथै राजेश पायल राई, वसन्त खड्का, प्रमोद खरेल लगायत दुई दर्जन नेपाली कलाकारहरूका लागी गीत रचना गरेका छन्।
राम्रो नेपाल गीतमा नेपालको प्राकृतिक सुन्दरताको बयान सुन्दर उपमा, रुपकादी अलङ्कारहरू सहित शृङ्गार रसमा सुन्न सकिन्छ। सुन्दर शब्दहरूमा देश प्रेमको र नारी सुन्दरताको बखान समानान्तर गरिएको यो रचना सुन्दा दुवै स्वेदेश गान र प्रेम गीतको भावले मन ओतप्रोत हुन्छ ।
नेपालीहरू संसारमा जहाँ भए पनि मन भरी नेपालको माया कसरी भरिएको हुन्छ भन्ने भाव एक दशक देखी प्रवासमा बस्दै आएका डा. स्वप्निल बरालको गीतमा सुन्न सकिन्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment