निर्वाचन सफल बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री राई

डिसी नेपाल
३० चैत २०७८ २३:३३
28
Shares

मोरङ  । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने स्पष्ट पारे । मुख्यमन्त्री राईले भने, “निर्वाचन सम्पन्न गर्न आफ्नो हैसियत र क्षमताले भ्याएसम्म सहयोग गर्छौँ ।”

निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएको मिति वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफलतापूर्वक हुने स्पष्ट पार्दै निर्वाचनमा प्रदेश सरकारको सहयोग हुने अपेक्षा व्यक्त गरे । उनले आयोगले निर्वाचनको तयारी द्रुतगतिमा गरिरहेको जानकारी दिँदै केही जिल्लाको मतपत्र छपाइका कामसमेत सम्पन्न भई सम्बन्धित जिल्लामा ढुवानीसमेत हुन थालेका जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले कर्मचारीलाई कुनै पनि राजनीतिक दलको समर्थन वा विरोधमा सार्वजनिक धारणा कुनै पनि प्रकारका माध्यममा नदिन आग्रह गदै कुनै अमुक दलको समर्थन वा विरोध गरे त्यो निर्वाचन आचारसंहिता विपरीत हुने प्रष्ट पारे । प्रदेश नं १ का प्रमुख सचिव डा रामप्रसाद घिमिरेले निर्वाचन सम्पन्न गर्नका लागि आयोगले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न प्रदेश सरकार र कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.