आईपीएल: मुम्बईको पाँचौ हार

डिसी नेपाल
१ वैशाख २०७९ ६:२६
188
Shares

काठमाडौं। पन्जाब किङ्ससँग बुधबार राति १२ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार पाँचौं हार व्यहोरेको छ।

पुनेमा १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो। मुम्बईका देवल ब्रेभिसले सर्वाधिक ४९ रन बनाए । यस्तै सूर्यकुमार यादवले ४३ रनको योगदान गरे।

पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १९८ रनको योगफल तयार पार्यो। पन्जाबका शिखर धवनले सर्वाधिक ७० रन बनाए । यस्तै कप्तान मायांक अग्रवालले ५२ रनको योगदान गरे। मुम्बईका बसिल थाम्पीले २ विकेट लिए।

जितसँगै पन्जाब ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । मुम्बईले ५ खेलबाट बिना अंक पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *