बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरियो

डिसी नेपाल
२ वैशाख २०७९ ११:००
32
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब फ्रान्कफुर्टसँग ३- २ ले पराजित भएपछि बार्सिलोना लिगबाट बाहिरिएको हो।

यसअघि पहिलो लिगगमा बार्सिलोनाले फ्रान्कफुर्टसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यसैले समग्रमा ४-३ ले पराजित हुँदै बाहिरिएको हो।फ्रान्कफुर्टलाई जित दिलाउन फिलिप कोस्टिकले दुई गोल र राफेल सान्तोसले एक गोल थपे।बार्सिलोनाका लागि सर्जियो बुस्केट्स र मेम्फिस डिपेले एक एक गोल गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *