एसियाली र नवौं राष्ट्रिय खेलकुद बारे छलफल

डिसी नेपाल
२ वैशाख २०७९ २०:५०
36
Shares

 

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालले भाग लिने सम्भाव्य खेलका राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसँग शुक्रबार छलफल गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पदक हासिल गर्ने लक्ष्यसहित तयारी अगाडि बढाउन निर्देशन दिँदै पूर्व तयारीको समय कम भए पनि बाँकी रहेको समयलाई सक्दो सदुपयोग गरी प्रशिक्षणलाई व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।

राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीका सचिव समेत रहेका तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक हिमालराज दाहालका अनुसार छलफलमा सहभागी अधिकांश संघका प्रतिनिधिले एसियाली खेलकुदका लागि खेलाडी कोटा कम भएको जानकारी गराएका थिए । दाहालले जनाए अनुसार एसियाली खेलकुदका लागि वैशाख तेस्रो सातासम्म खेलाडीको प्रारम्भिक छनोट गरिसक्ने सहमति पनि भएको छ ।

साथै गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदको खेलस्थल, खेलाडी कोटालगायतका विषयमा पनि बैठकमा छलफल भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *