इमरान खानकी पूर्वपत्नी जेमिमा किन आक्रोशित भइन् ?

डिसी नेपाल
३ वैशाख २०७९ १०:३५
120
Shares

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथ पाकिस्तानमा चलिरहेको राजनीतिक उथलपुथलबाट चिन्तित छिन् । जेमिमाले ट्विटरमा आफ्नो घरबाहिर प्रदर्शन भइरहेको, उनका बालबालिकालाई लक्षित गरी सामाजिक सञ्जालमा यहुदी विरोधी बयानबाजी भइरहेको बताएकी छन् ।

जेमिमाका अनुसार उनलाई ९० को दशकको लाहोर पुगे जस्तो लाग्छ। यसैबीच, वरिष्ठ पाकिस्तानी पत्रकार हमिद मिर र जेमिमा गोल्डस्मिथबीच त्यस्ता प्रदर्शनलाई लिएर बहस पनि भएको थियो।

जेमिमाको ट्विटलाई रिट्वीट गर्दै, हमिद मीरले पीटीआई र पीएमएल (एन) दुबैलाई विरोध रोक्न सल्लाह दिए। जसको घर सिसाको बनेको छ, उसले अरुको घरमा ढुंगा हान्न नहुने उनको भनाई छ ।

मीरले ट्वीटरमा लेखेका छन्, “पीटीआईले लन्डनमा नवाज शरीफको घर बाहिर विरोध प्रदर्शन रोक्नु पर्छ र जेमिमा गोल्डस्मिथको घर बाहिर पीएमएल (एन) ले त्यसो गर्नु हुँदैन। काँचको घरमा बस्नेले अरुको घरमा ढुंगा प्रहार गर्न बन्द गर्नुपर्छ ।

जवाफमा जेमिमाले भनिन् – नवाज शरीफ र उनको घर बाहिरको विरोधमा फरक यो हो कि उनी र उनका छोराछोरीलाई पाकिस्तानको राजनीतिसँग कुनै सरोकार छैन। जेमिमाले आफ्ना छोराछोरी सामाजिक सञ्जालमा समेत नरहेको बताइन् । यसलाई रिट्वीट गर्दै हामिद मीरले भने – नवाज शरीफको घरमा पनि यस्ता महिलाहरू छन् जसको राजनीतिसँग कुनै सरोकार छैन तर उनीहरूले दिनहुँ अश्लील टिप्पणीहरूको सामना गर्नुपर्ने हुन्छ।

हमिद मीरले जेमिमा गोल्डस्मिथले कम्तिमा यस्ता अभद्र टिप्पणी र महिला उत्पीडनको निन्दा गर्नुपर्ने बताएका छन् । साथै, हमिद मिरले जेमिमा गोल्डस्मिथका भाइले पाकिस्तानको राजनीतिमा हस्तक्षेप गरेको दाबी गरे ।

हामिद मीर जेमिमाको तर्कसँग सहमत छन् र लेख्छन्, “तपाईले सहि हुनुहुन्छ तर ध्रुवीकरणका शिकारहरूले यो बुझ्दैनन्।”

हामिद मिरको यो ट्वीटको जवाफमा जेमिमाले लेखेकी छिन् कि उनी आफ्नो पूर्व पति वा भाइको कुनै पनि राजनीतिक कार्य वा बयानबाजीका लागि जिम्मेवार छैनन्।

सधैं जस्तै, यो मुद्दामा सामाजिक मिडिया विभाजित छ। धेरैले जेमिमा गोल्डस्मिथको समर्थनमा ट्वीट गर्दै जेमिमाको घरबाहिर यस्तो प्रदर्शन गर्नुको कुनै औचित्य छैन र गर्न नहुने पनि बताएका छन् ।

मेहर तरारले लेखेकी छन्, ‘जब यी घृणाले भरिएका मानिसहरू तिम्रो घर बाहिर फोहोर तमाशा गरिरहेका छन्, पाकिस्तान तिम्रो साथमा उभिएको छ । यी थोरै मानिसहरू र तिनीहरूका मालिकहरूले पाकिस्तानको प्रतिनिधित्व गर्दैनन्। तपाईलाई लाखौं पाकिस्तानीहरूले गरेको माया र सम्मानले महत्व राख्छ ।’

जेमिमा गोल्डस्मिथ बेलायतको एक समृद्ध परिवारसँग सम्बन्धित अरबपति व्यापारीकी छोरी हुन्। उनले सन् १९९५ मा इमरान खानसँग विवाह गरेकी थिइन् । उनका दुई छोरा सुलेमान खान र कासिम खान पनि छन् । यो विवाह नौ वर्षसम्म चल्यो र सन् २००४ मा दुवैको सम्बन्धविच्छेद भयो ।

जेमिमासँगको विवाहका कारण इमरान खानलाई ‘यहूदी एजेन्ट’ पनि भनिएको थियो र उनीहरुको विवाहलाई ‘षड्यन्त्र’ भनिएको थियो । तर, जेमिमासँग छुट्टिँदै गर्दा इमरान खानले भनेका थिए, “मेरो घर र भविष्य पाकिस्तानमा छ, जबकि जेमिमा पाकिस्तानमा बस्न निकै प्रयास गरिरहेकी छिन् तर मेरो राजनीतिक करियरले उनलाई यहाँ बस्न गाह्रो बनाएको छ।”

जेमिमा गोल्डस्मिथ विगतमा इमरान खानलाई लिएर निशाना बनेकी थिइन् । इमरान खानलाई घेराबन्दी गरेकोमा पाकिस्तानका विपक्षी दलहरू र उनीहरूका समर्थकहरूले धेरै अवसरहरूमा जेमिमा गोल्डस्मिथलाई निशाना बनाएका छन्। गत वर्ष नवाज शरीफले लण्डनमा आफ्ना नाति जुनैदको पोलो खेल हेरिरहेका केही तस्विरहरू बाहिर आएका थिए । यसैमा इमरान खानले शरीफलाई निशाना बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *