कोरोना प्रतिबन्धका कारण शांघाइमा प्रहरी र सर्वसाधारणबीच झडप
काठमाडौं । चीनको सांघाईमा प्रहरी र सर्वसाधारणबीच झडप भएको भिडियो सार्वजनिक भएको छ । मानिसहरूलाई जबरजस्ती घरबाहिर निस्केको भन्दै प्रहरीले रोकेपछि झडप भएको बताइएको छ ।
सांघाईमा कोरोना संक्रमण रोक्न लकडाउनको यो तेस्रो हप्ता हो । कतिपय आवासीय परिसरलाई क्वारेन्टाइनमा परिणत गरिँदै छ ।
यो सहरमा कोरोना संक्रमणको नयाँ लहर हो, जसका कारण लाखौं मानिस घरमै कैद छन् । जो कोहीमा कोरोना पोजेटिभ देखिए उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । तर, एकै दिन २० हजारभन्दा बढी बिरामी आएकाले क्वारेन्टाइनका लागि ठाउँ बनाउन प्रशासनलाई कठिनाइ भइरहेको छ ।
पछिल्ला हप्ताहरूमा सहरका प्रदर्शनी हल, विद्यालयलाई क्वारेन्टाइन सेन्टर बनाइएको छ । मेक शिफ्ट अस्पतालहरू बनिरहेका छन्। कैयौंले सामाजिक सञ्जालमा कडाइका बारेमा आवाज उठाएका छन् भने खानपानमा पनि पर्याप्त मात्रामा नपाएको गुनासो गरिरहेका छन् ।
लकडाउनको विस्तारले डेलिभरी सेवा, खाद्य वेबसाइट र सरकारी आपूर्तिमा पनि असर गरेको छ।







डिसी नेपाल







Facebook Comment