पाकिस्तानका पूर्व प्रधानमन्त्री नयाँ सभामुख निर्वाचित

डिसी नेपाल
३ वैशाख २०७९ १४:१०
8
Shares

काठमाडौं । पाकिस्तानको राष्ट्रिय सभाको बैठक शनिबारदेखि सुरु भएको छ । सो क्रममा उपसभामुख कासिम खान सुरीलाई हटाउन मतदान हुने भएपनि त्यसअघि नै उनले राजीनामा दिएका थिए ।

देशका पूर्वप्रधानमन्त्री राजा परवेज असरफ राष्ट्रिय सभाको सभामुखमा निर्वाचित भएका छन् ।

अधिवेशनको शुरुवातमा नवनिर्वाचित प्रधानमन्त्री शाहबाज सरिफले मन्तव्य दिँदै देशको उर्जा समस्याको उल्लेख गर्दै विगतको सरकारको बारेमा यसभन्दा अकुशल सरकार कहिल्यै नआएको र उनको मन ढुङ्गाको भएको बताए ।

देशमा विद्युत उत्पादन गर्ने क्षमता भए पनि अघिल्लो सरकारको असफलताका कारण देशले गर्न नसकेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *