रूसले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसहित अन्य ठूला अधिकारीमाथि प्रतिबन्ध लगायो

डिसी नेपाल
३ वैशाख २०७९ १७:३१
396
Shares

काठमाडौं । रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अन्य उच्च बेलायती अधिकारीहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

युक्रेनमा भएको आक्रमणका लागि बेलायतले रुसमाथि प्रतिबन्ध लगाएपछि मस्कोले यो घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

रुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “रसियालाई अन्तर्राष्ट्रिय रूपमा एक्लो पार्ने, रुसमाथि प्रतिबन्ध लगाउने र अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने लन्डनको राजनीतिक अभियानको प्रतिक्रियास्वरूप यो कदम चालिएको हो।”

रुसी वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्धको सन्दर्भमा रुसको विदेश मन्त्रालयले बेलायतले रुसविरुद्ध काम गरेको आरोप लगाएको छ जुन अभूतपूर्व हो।

मन्त्रालयले भन्यो, “बेलायत सरकारले जानाजानी युक्रेन वरिपरि दबाब बढाउँदैछ, घातक हतियारको साथ किभ शासनलाई उक्साउँदै छ र यी सबै कुराहरू नेटोको तर्फबाट गरिरहेको छ।”

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन बाहेक बेलायतका उपप्रधानमन्त्री डोमिनिक राब, विदेशमन्त्री लिज ट्रस, रक्षा सचिव बेन वालेस, पूर्व प्रधानमन्त्री थेरेसा मे र स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जन अब रुस प्रवेशमा प्रतिबन्ध लगाइएको सूचीमा छन् ।

युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर रुसमाथि धेरै किसिमको प्रतिबन्ध लगाइएको छ । यसमा अमेरिका, बेलायतलगायत विश्वका धेरै देशले सामूहिक रूपमा रुसमाथि प्रतिबन्ध लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *