डर्टमन्डको आधा दर्जन गोल

डिसी नेपाल
४ वैशाख २०७९ ६:४४
56
Shares

काठमाडौं। बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार राति उल्फ्सबर्गमाथि ६-१ अन्तरको सहज जित निकालेको छ। सहज जितसँगै डर्टमुण्डले लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँगको दूरी ६ अंकमा झारेको छ।

घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डको जितमा एरलिङ ब्राउट हालान्डले दुई गोल गरे। यस्तै टोम रोथ, एक्सर विटसेल, म्यानुअल एकान्जी र एम्री क्यानले एक- एक गोल गरे। उल्फ्सबर्गको लागि बाकुले एक गोल गरे। जितपछि डर्टमुन्डले अंक तालिकामा ६३ अंक बनाएको छ र दोस्रो स्थानमा छ। शीर्ष स्थानको बार्यनको ६९ अंक छ।

पराजित उल्फ्सबर्ग ३० खेलबाट ३४ अंक सहित १३औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *