तालिबानले पाकिस्तानी राजदुतलाई बोलाएर एयरस्ट्राइकप्रति आपत्ति जनायो
काठमाडौं । अफगानिस्तानमा सैन्य कारबाही गरेको आरोपमा तालिवानले शनिबार काबुलका लागि पाकिस्तानी राजदूतलाई बोलाएको थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार स्थानीय तालिबान अधिकारी र बासिन्दाले शुक्रबार अफगानिस्तानको हवाई क्षेत्रमा पाकिस्तानी विमानले गरेको हवाई हमलामा ३६ जनाको मृत्यु भएको बताएका छन् । तर, पाकिस्तानले आक्रमणको खण्डन गरेको छ ।
अफगानिस्तानबाट सीमा नाघेर पाकिस्तानको पश्चिमी सीमामा आएर आतंकवादीले हमला गर्दै आएका छन् । तालिवान प्रशासनले अगस्टमा कब्जा गरेपछि देश आफ्नो नियन्त्रणमा रहेको बताएको छ।
अफगानिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी यस विषयमा ट्वीट पनि गरेको छ । जसमा उसले खोस्त र कुनार प्रान्तमा हालै भएको आक्रमणको सम्बन्धमा पाकिस्तानका राजदूतलाई बोलाएर इस्लामाबादलाई कूटनीतिक आपत्ति पत्र दिएको बताएको छ।
अफगानिस्तानमा तालिबान शासनका विदेशमन्त्री अमिर खान मुत्ताकीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “खोस्त र कुनारमा सैन्य उल्लङ्घनलाई रोकिनुपर्छ किनभने यसले विपक्षीहरूलाई स्थितिको दुरुपयोग गर्न र सम्बन्ध बिगार्न अनुमति दिन्छ।”
विज्ञप्तिमा आक्रमणको प्रकार तोकिएको छैन, तर खोस्तका स्थानीय तालिबान नेता मौलवी मोहम्मद रइस हेलालले पाकिस्तानी हेलिकप्टरले दुई जिल्लामा बम खसालेर ३६ जनाको मृत्यु भएको बताए।
यद्यपि, पाकिस्तानी दूतावासले यो दाबी अस्वीकार गरेको छ र राजदूत र तालिबान प्रशासनले सीमा समस्या समाधान गर्न भेटेको रोयटर्सलाई बताएको छ।







डिसी नेपाल







Facebook Comment