पश्चिमी देशबाट हतियार बोकेर आइरहेको युक्रेनी विमान रूसले खसालिदियो

डिसी नेपाल
४ वैशाख २०७९ ११:५७
8.9k
Shares

काठमाडौं । रुसले आफ्नो वायु रक्षा इकाईले पश्चिमी देशहरूले पठाएको हतियार बोकेको युक्रेनी सैन्य विमानलाई खसालेको दाबी गरेको छ ।

तास समाचार एजेन्सीले रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभलाई उद्धृत गर्दै दक्षिणपश्चिम युक्रेनको ओडेसा सहरबाहिर आक्रमण भएको बताएको छ ।

बीबीसीले स्वतन्त्र रूपमा यस जानकारीको पुष्टि गर्न सकेको छैन र घटनामा कसैको मृत्यु भएको हो वा होइन भन्ने पनि स्पष्ट भइसकेको छैन।

जनरल कोनाशेन्कोभले विगत २४ घण्टामा रुसी वायु सेनाले युक्रेनी सैनिक वा तिनका उपकरण रहेको दर्जनभन्दा बढी ठाउँलाई निशाना बनाएको दाबी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *